कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मेला’ भदौ अन्तिममा

पर्सा — नायकनायिका आमेश भण्डारी र अशिष्मा नकर्मी अभिनीत गीतसहित ‘मेला : अ जर्नी अफ लाइफ’ को छायांकन सकिएको छ । उक्त गीत सिन्धुपाल्चोकको मुडेमा हालै तीन दिन लगाएर छायांकन गरिएको सहनिर्देशक हरि पन्तले जनाएका छन् ।

‘मेला’ भदौ अन्तिममा

‘सिन्धुपाल्चोकको उच्च पहाडी भेगमा गीत छायांकन गरेका छौं,’ उनले भने, ‘तराईमा पर्सा र बाराको समथर भूभागदेखि मकवानपुर र सिन्धुपाल्चोकको पहाडी भागसम्मको दृश्य दर्शकले यो फिल्ममा देख्न पाउनेछन् ।’

उक्त फिल्मको कथा, पटकथा र संवाद पन्तले नै लेखेका हुन् । वसन्त निरौला निर्देशित फिल्ममा सलोन बस्नेत, प्रदेशी साह, एन्टोना शेर्पा, अमर गौतम पनि मुख्य भूमिकामा छन् । अर्जुन पोखरेलको संगीत, पवित्रा आचार्यले कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द्व यसमा अनुभव गर्न पाइनेछ ।

फिल्म तीन गीत छन् : ‘परिचय पाऊँ न त नानीको....’, ‘किन बन्थ्यो दारु नपिउने भए...’ र ‘यो मुुटुमा अब तिम्रो बास हुनेछ...’ ।

पन्तका अनुसार उक्त फिल्म पोस्ट प्रोडक्सनमा गइसकेको छ । ‘भदौको अन्त्यतिर देशव्यापी रूपमा रिलिज गर्ने योजना छ,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?