कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकगायक सोमबहादुरलाई ह्विलचेयर

हेटौंडा — पाँच वर्षदेखि थलिएका लोकगायक सोमबहादुर लामा घलानले बुधबार ह्विलचेयर पाएका छन् । उनलाई चितवनका चिकित्सक दम्पतीले घरमै पुगेर यस्तो सहयोग गरेका हुन् ।

लोकगायक सोमबहादुरलाई ह्विलचेयर

ह्विलचेयर पाएपछि ७४ वर्षीय गायक भावुक भए, रोए । उच्च रक्तचापका कारण पक्षाघात भएका उनी हिँडडुल गर्न सक्दैनन् । एक ठाउँबाट अर्को ठाउँ जानुपरे घस्रिनुपथ्र्यो । घलानको यस्तो अवस्थाबारे समाचार प्रकाशित भएपछि नारायणगढस्थित साइराम डेन्टल केयरका सञ्चालक चिकित्सक दम्पती अजय न्यौपाने र सरु थापाले निवासमै पुगेर ह्विलचियर, खानेकुरा र कपडा सहयोग गरेका हुन् । ‘उहाँको कठिनाइबारे समाचार पढेपछि मनै थाम्न सकेनौँ,’ भरतपुर अस्पतालको दन्तरोग विभागका प्रमुखसमेत रहेका चिकित्सक न्यौपानेले भने ।

घलानका पत्नी रत्नमायाले ठूलो सहयोग प्राप्त भएको बताइन् ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?