कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘डायरी’ को ‘कस्तो हो यो माया’

काठमाडौं — रिलिजको संघारमा रहेको फिल्म ‘डायरी’ ले ‘कस्तो हो यो माया भन्ने चीज...’ बोलको गीत सार्वजनिक गरेको छ । पोखराका रमणीय दृश्यलाई समेटेर फिल्मका मुख्य जोडी सन्नी सिंह र छुल्ठिम गुरुङलाई फिचरिङ गराइएको उक्त गीत सुगम पोखरेल र रजिना रिमालले गाएका हुन् ।

‘डायरी’ को ‘कस्तो हो यो माया’

शिरीष खातीको कोरियोग्राफी रहेको उक्त गीतमा अभिनय गर्दाको अनुभव सुनाउँदै फिल्मकी नायिका छुल्ठिमले भनिन्, ‘भीरको छेउमा बसेर सनी र मैले एउटा लभ मेकिङ सट दिनुपर्ने थियो ।

गहिराइ देखेर हामी दुवैको खुट्टा लगलग काम्यो । क्यामेराले खिच्न थालेपछि भने डरलाई मारेर सट दिएका थियौं ।’ कमल मानन्धरको ड्रेजमा सजिएका सनी र छुल्ठिम गीतमा आकर्षक देखिएका छन् । अनील योञ्जनको निर्देशनमा डायरीमा रेखा थापा खलचरित्रमा छिन् । निर्देशनमा डेब्यु गरिरहेका अनिलले पटकथामा छेतेन गुरुङलाई सघाएका हुन्, निर्माणमा छुल्ठिमलाई । जेठ ५ देखि ‘डायरी’ हलमा लाग्दै छ । स्वप्निल शर्माको रचना तथा संगीत रहेको ‘कस्तो हो यो माया...’ लाई प्रवीन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?