कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रेमगीत २’ को गीत

काठमाडौं — सांगीतिक फिल्म ‘प्रेमगीत’ को सिक्वेल भनिएको ‘प्रेमगीत २’ को सोमबार नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘प्रेमगीत २’ को गीत

इन्दिरा जोशी र प्रताप दासको युगल गायन रहेको गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खडका, अश्लेशा ठकुरीका साथमा स्वस्तिमा खडकालाई कोरियोग्राफर रेननेशा वान्तवा राईले फिचरिङ गराएकी छन् । राजेशकुमार श्रेष्ठ र बबिनको रचना रहेको उक्त क्लब सङमा मद्यपानले मात्तिएका प्रदीपले डान्सर बनेकी स्वस्तिमालाई मोटरसाइकलमा घुम्न जाने अफर गरेका छन् । एलिस कार्कीले गीतमा संगीत दिएका हुन् । 

‘यो स्कटिस फ्लेवरमा कम्पोज गरिएको क्लब सङ हो,’ पहिलो पटक गीतमा संगीत भरेका कार्कीले भने, ‘नेपालमा नयाँ प्रयोग गरिएको हो । दर्शकले रुचाउन सक्नुहुनेछ ।’ आशुसेन पिक्चर्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । पटकथा पनि पाठककै हो ।

उक्त फिल्म साउन १३ देखि प्रदर्शनमा आउँदै छ ।

प्रकाशित : वैशाख २७, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?