कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रस–ड्रेसिङ रुचाउने पार्क

‘सिटी हन्टर’, ‘डक्टर जिन’, ‘ग्लोरी जेन’, ‘रिमेम्बर : वार अफ द सन’, ‘द क्याट’ जस्ता टीभी सिरिज र फिल्म हेरेका दर्शकका लागि पार्क मिन योङ परिचित नाम हो । यी दक्षिण कोरियाली अभिनेत्री आफ्नो नयाँ सिरियल ‘क्वीन फर सेभेन डेज’ का कारण अहिले चर्चामा छिन् । मेबाट प्रसारण सुरु भएको उक्त शृंखला निकै रुचाइएको छ ।

क्रस–ड्रेसिङ रुचाउने पार्क

सोही शृंखलाबारे प्रतिक्रिया लिन उनलाई केही दिनअघि कोरियाली सञ्चारमाध्यम ‘केबीएस कुल एफएम’ ले स्टेसनमा निम्त्याएको थियो । ‘ली सु जिज सङ प्लाजा’ कार्यक्रममा अभिनेत्रीले क्रस–ड्रेसिङमा आफूलाई सहज महसुस हुने बताइन् । कुरैकुरामा उनले यो रहस्य फुत्काएपछि होहल्ला मच्चियो, जुन स्वाभाविक थियो ।

‘केटीभन्दा केटाको पहिरनमा मलाई राम्रो देखिन्छ जस्तो लाग्छ,’ उनले भनेकी थिइन्, “क्वीन अफ सेभेन’ को एउटा एपिसोडमा मैले पुरुषको भेष धारण गर्नुपर्ने थियो । केटाको लुगा लगाउनासाथ ममा आत्मविश्वास जागेजस्तो भयो । पूरै माहोल फेरिएको अनुभव गरेँ ।”

क्रस–डेसिङ (केटीले केटा वा केटाले केटीको परिहन लगाउनु) गर्दा आफूले राम्रो फिडब्याक पाएको पार्कको भनाइ थियो । महिला इन्टरटेनरको रूपमा देखिँदाभन्दा पुरुषको गेटअपमा मान्छेले आफूलाई सराहना गरेको उनले बताएकी थिइन् । ‘मेक–अप नगर्दा म केटाजस्तै देखिन्छु नि,’ उनले भनेकी थिइन्, ‘मेरो निधार कत्ति ठूलो छ, अनुहारचाहिँ सानो छ कि क्या हो ।’

प्रकाशित : असार १५, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?