कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगापुरमा लिम्बूभाषी म्युजिक भिडियो

धरान — सिंगापुरका प्राय: पर्यटकीय स्थललाई कैद गरिएको लिम्बू भाषाको गीत ‘याप्मी लाजे ओ...’ (अर्काको भूमिमा) को छायांकन सकिएको छ ।

सिंगापुरमा लिम्बूभाषी म्युजिक भिडियो


लिम्बू समुदायको थातथलो नेपालका पूर्वी पहाडी जिल्लाहरू भए पनि गीतको कथा अनुसार सिंगापुरमै पुगेर छायांकन गर्नुपरेको गायक/निर्देशक सेमिहाङ सिंगकले बताए । सिंगापुरमै कार्यरत सिंगक र गीतकार हाङपाल आङबुहाङको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा स्थुङो खिम्दिङ, कविता पाहिम र हाङसु आङबुहाङले अभिनय गरेका छन् ।
गीतमा विभिन्न कारणले आफ्नो देश छाडेर पराई भूमिमा पुग्नुपरेको पीडा र बाध्यताका विषयलाई खोतल्ने प्रयास गरिएको छ । पूर्वका लिम्बू समुदायका तन्नेरीहरूले बेलायत, भारतमा मात्र लाहुरे नभई लामो समयदेखि सिंगापुर पुलिस फोर्समा जिन्दगीको ऊर्वर समय बिताउने गरेका छन् ।

प्रकाशित : श्रावण २, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?