कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काली हुनुमा गर्व

काठमाडौं — फेयरनेस क्रिमको विज्ञापन खेल्ने कलाकार बलिउडमा थुप्रै छन् । शाहरूख खान, दीपिका पादुकोण, सोनम कपुर, विद्या बालन, जोन अब्राहमलगायतले क्रिम–पाउडरको मनग्गे प्रचार गरेका छन् ।

काली हुनुमा गर्व

यीमध्ये छुटेको नाम हो प्रियंका चोपडा । उनीचाहिँ फेयरनेस क्रिमको विज्ञापन खेलेकामा अहिले पछुतो मानिरहेकी छन् । 

आफूले फेयरनेस क्रिमको प्रवद्र्धन गरेको सम्झिएर प्रियंका अचेल छक्क परेकी छन् । ‘मैले कसरी त्यो काम गर्न सकेँ ?’ उनले भनेकी छन्, ‘अचम्म लाग्छ, अचेल ।’ फेसन म्यागजिन ‘भोग’ सँगको कुराकानीमा प्रियंकाले स्किन लाइटनिङ क्रिमको विज्ञापन खेलेको बताएकी थिइन् । आज त्यो कुरा सम्झिँदा पत्यार नलाग्ने उनको भनाइ छ । 

‘कालो वर्णका युवतीहरूलाई जसले पनि तिमी काली छौ भनेर सम्झाइरहन्छ,’ उनले भनिन्, ‘फलानो क्रिम प्रयोग गरे एक हप्तामै छाला गोरो हुन्छ भन्ने खालका विज्ञापन भारतमा प्रशस्त बन्छन् । यस्तै, विज्ञापन मैले पनि गरेँ । तर, त्यो बेला म सानी थिएँ । कुरै बुुझिनँ ।’ उनले बीस वर्षकी छँदा उक्त विज्ञापनमा काम गरेको बताइन् । 

त्यो विज्ञापन खेलेको केही समयपछि नै आफूलाई थकथकी लागेको प्रियंकाको भनाइ छ । ‘उक्त विज्ञापनकी पात्र आफ्नो अनुहारको रङलाई लिएर लघुताभास महसुस गर्थी,’ उनले भनिन्, ‘त्यस्तो थिममा मैले किन काम गरेँ भनेर निकै अफसोस भयो पछि । तर, त्यही विज्ञापनका कारण मैले आफ्नो रङप्रति गर्व गर्नुपर्छ भन्ने जानेँ ।’ आफ्नो डार्क स्किन टोनलाई मन पराउन थालेको उनले बताइन् । 

प्रकाशित : भाद्र २५, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?