प्रिया ‘मिस कोशी’

सौन्दर्य
कान्तिपुर संवाददाता

काठमाडौं — ‘मिस कोशी’ को चौथो संस्करण प्रिया खड्काले जितेकी छन् । १३ प्रतिस्पर्धी उछिन्दै उनले ताज पहिरेकी हुन् । मोनिका देवकोटा फस्ट रनरअप र बिना तामाङ सेकेन्ड रनरअप भए ।

विजेताहरूले क्रमश: २५ हजार, १५ हजार र ११ हजार रुपैयाँका साथ विभिन्न उत्पादनका प्याकेजहरू पाए ।

गायक रामकृष्ण ढकाल, पवन सारडा, मुकेश उपाध्याय (भट्टराई), किरण कर्ण, नवनीता रिजाल र दिनेश डीसी प्रतियोगिताका निर्णायक रहेको आयोजक करिमजमेटिक एडभान्टेज एडभरटाइजिङका अध्यक्ष अमलेश कर्णले विज्ञप्तिमार्फत जनाए । 

प्रकाशित : भाद्र २८, २०७४ ०९:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल ९ विकेटले विजयी [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौं — मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ । भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त गर्‍यो ।

ओपनर आसिफ शेखले अविजित २३ रन र सन्दिप सुनारले सर्वाधिक २१ रन जोडेपछि नेपालको जित सम्भव भएको हो। अर्का ब्याट्सम्यान अनिल साह ४ रनमा अविजित रहे। भुटानको लागि एकमात्र विकेट छिरिङ पेन्जोरले लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको भुटान ५० रनमा अलआउट भएको थियो। नेपाली बलरसामु टिक्न नसकेको भुटानी टोलीले २८ ओभरमात्र ब्याटिङ गर्न सक्यो।

यस जितसँगै नेपाल सेमिफाइनल पुगेको छ। नेपाल सम्मिलित समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गर्यो। सिंगापुरले यसअघि भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो। नेपाल र सिंगापुर समूह विजेताको छिनोफानो गर्न बिहीबार भिड्दैछन्।

...

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ५० रनमा अलआउट गरेको छ। बुधबार टस जितेर ब्याटिङ रोजेको भुटान २८ ओभर मात्र टिक्यो।

भुटानका लागि कप्तान टासी फुन्त्सोले सर्वाधिक १६ र ओपनर उगेन दोर्जीले १३ रन जोडे। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ ब्याट्सम्यानलाई पेभेलियन फर्काए। भुटानको पहिलो विकेट नन्दन यादवले लिएका थिए।

भुटानविरुद्ध जित हात पारेमा नेपाल सेमिफाइनल पुग्नेछ। नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टिम हो। नेपालले भुटानलाई पराजित गरे समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल पुग्नेछ। सिंगापुरले समूह चरणका पहिलो दुई खेल जितिसकेको छ। सिंगापुरले भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो।

प्रकाशित : भाद्र २८, २०७४ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT