कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्जोमेन्जो म्युजिक भिडियो

कान्तिपुर संवाददाता

काठमाडौं — नारायण नेपाल खासमा अंग्रेजीका लेखक/शिक्षक हुन् । अंग्रेजीका पाठयपुस्तक लेख्दै आएका उनका केही उपन्यास पनि निस्केका छन् । अर्कातिर उनी नेपालको पुरानो साहित्यिक विधा सबाईको उत्थानमा लागिरहेका छन् ।

 एन्जोमेन्जो म्युजिक भिडियो

सबाईका केही पुस्तक ल्याइसकेका उनी गजल लेखनमा समेत क्रियाशील छन् । केही गजल रेकर्ड गराइसकेका उनको एउटा गजलको म्युजिक भिडियो दर्शकश्रोतामाझ आएको छ ।

‘एन्जोमेन्जो मिलाउँछु म नाइँ नभन...’ बोलको गजल कृष्णकुमार खडकाले गाएका छन् । डम्बर ढकालले संगीत गरेको गजलमा अधबैँसे उमेरको प्रेमिल मनको सकसलाई अभिव्यक्ति दिन खोजिएको छ । यसको भिडियो निश्चल केसीले निर्देशन गरेका हुन् । चन्दा, सुयोग, निश्चल र डम्बरले यसमा मोडलिङ गरेका छन् । 

 

प्रकाशित : आश्विन २६, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?