कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लतिकाको ‘फ्रेन्ड फरेभर’

कान्तिपुर संवाददाता

काठमाडौं — गीतकार लतिका श्रेष्ठले ‘फ्रेन्ड फरेभर’ एल्बम ल्याएकी छन् । एल्बमको राजधानीमा गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी संगीता लामा लगायतले लोकार्पण गरे ।

एल्बममा ‘नसोध मलाई...’, ‘बुझ्नै नसकिने...’, ‘यस्तो माया...’, ‘तिमी कहाँ म कहाँ...’ र ‘मलाई सधैं...’ गरी पाँच गीत छन् । ‘नसोध मलाई...’ गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ ।

पाँच गीत रहेको एल्बमका शब्द रचनाका लागि लतिकालाई जानुका ढकालले पनि सघाएकी छन् । सबै गीतमा विनोद पछाईले संगीत दिएका छन् । यिनमा मेलिना राई, स्वरूपराज आचार्य, अन्जु पन्त, पुकार डोटेल, दीप लामा लगायतको स्वर सुन्न सकिन्छ ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?