कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“आफैंलाई देखेर उदास हुन्थें”

कान्तिपुर संवाददाता

काठमाडौं — बलिउड अभिनेत्री दीपिका पादुकोण डिप्रेसनसँगको आफ्नो संघर्षबारे बेलाबखत बोलिरहन्छिन् । यस पालि अर्की अभिनेत्री इलियाना डिक्रुजले पनि आफ्नो मानसिक स्वास्थ्यबारे मुख खोलेकी छन् ।

“आफैंलाई देखेर उदास हुन्थें”


उनी पनि कुनै बेला दीपिकाकै अवस्थाबाट गुज्रिएकी थिइन् । आफूलाई बडी डिस्मोर्फिक डिसअर्डर डिप्रेसन (बीडीडी) भएको उनले बताएकी छन् । 

‘म असाध्यै सेल्फ कन्सियस मान्छे हुँ,’ उनले भनेकी छन्, ‘आफूबारे धेरै सोच्छु । यही बानीले एकताका निकै दु:ख दियो । मलाई आफ्नो अपिरेन्स चित्त बुझदैनथ्यो । अनि अनायासै उदास हुन्थेँ ।’ उनले आफूलाई बडी डिस्मोर्फिक डिस्सअर्डर भएको कुरा पछि मात्रै चाल पाइन् । उनका अनुसार यो समस्या हुँदा बिरामीलाई आफ्नो रूप–रङ नराम्रो लाग्छ । आफूमा खोट देखिने भएकाले मान्छेसामु प्रस्तुत हुनसमेत धकाउँछन् ।

‘सबैले मलाई मन पराए हुन्थ्यो भन्ठान्थेँ,’ मानसिक स्वास्थ्यसम्बन्धीको एउटा कार्यक्रममा इलियानाले भनेकी थिइन्, ‘एकताका त यतिसम्म भयो, म आत्महत्या गर्ने मनस्थितिमा पुगेकी थिएँ । सबै चिज समाप्त गर्न चाहन्थेँ ।’ तर, मृत्यु समाधान होइन भन्ने आभास भएपछि उनले आफूलाई सम्हालिन् । उनका अनुसार आफूलाई स्वीकार्नु नै डिप्रेसनविरुद्धको उनको पहिलो कदम थियो । ‘बर्फी’, ‘रुस्तम’ जस्ता फिल्मकी लिड एक्ट्ेरसले मानसिक रोग लागेका बेला अरूको सहयोग लिन लाज मान्न नहुने सुझाएकी छन् । आफू बिरामी छँदा आमा सबैभन्दा ठूलो तागत भएको उनको भनाइ छ । ‘आफन्त र समाजले बिरामीको मनोबल बढाउन सघाउनुपर्छ,’ उनले भनेकी छन् । 

 

प्रकाशित : कार्तिक २१, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?