कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फाटेको जुत्ता’ डेढमहिने विदेश यात्रामा

कान्तिपुर संवाददाता

काठमाडौं — यति बेला पहिलो सातामा चलिरहेको ‘फाटेको जुत्ता’ ले डेढमहिने विदेश यात्रा सुरु गरेको छ । नोभेम्बर ४ मा अस्ट्ेरलियाको सिडनीबाट प्रदर्शन यात्रा थालेको निकेश खडका निर्देशित उक्त फिल्मले सिडनी र जापानको टोकियोमा हाउसफुल सो सम्पन्न गरेको निर्माता अर्जुनकुमारले जनाएका छन् ।

सौगात मल्ल, कामेश्वर चौरसिया, रवीन्द्र झा, प्रियंका कार्कीलगायतको अभिनय रहेको ‘फाटेको जुत्ता’ ले तराईको पृष्ठभूमिमा रहेर कथा वाचन गरेको छ । फिल्मले मध्यम समीक्षा बटुले पनि स्वदेशी बक्सअफिसमा भने सन्तोषजनक व्यापार गरिरहेको छ ।

१३ नोभेम्बरमा अस्ट्रेलियाकै मेलबर्नमा देखाइने फिल्म त्यसपछि जर्मनी, पोल्यान्ड र हंगकंगमा देखाइने बताइएको छ । निर्माता अर्जुनकुमारका अनुसार, नोभेम्बरमै डेनमार्क र बेल्जियममा पनि प्रदर्शनका लागि निश्चित भइसकेको छ । त्यसैगरी अमेरिकाको टेक्सासमा १० डिसेम्बरमा सो निश्चित गरिएको ‘फाटेको जुत्ता’ दक्षिण कोरिया र पोर्चुगलमा त्यसको पाँच दिनपछि देखाइने छ । क्यानाडा र इजरायलमा १८ डिसेम्बरमा प्रदर्शनपछि फिल्मको हाल निश्चित भएको अन्तिम सो बेलायतमा २३ डिसेम्बरमा हुनेछ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?