कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब राजेश हमालले भने ‘म तपाइँको छिमेकी हुँ’

कान्तिपुर संवाददाता

नवलपरासी — नायक राजेश हमाल बुधबार कावासोतीमा एक्कासी देखिए । दिउँसोको १ बजे खुला मैदानमा उनी देखापरेपछि दर्शकको भीड बढ्दै गयो ।

जब राजेश हमालले भने ‘म तपाइँको छिमेकी हुँ’

‘मेरी बास्सै’ र ‘तीतो सत्य’ का कलाकार रवि डंगोल र सुनीता गौतमले केहीबेर दर्शक हसाए । जब कार्यक्रम सञ्चालन गरिरहेका नेपाली तारा सिजन–२ का सन्तोष लामाले महानायक हमालको नाम लिए आसपास रहेका दर्शक झुम्मिन सुरु गरे । हमालले मञ्चमा उक्लिएर ‘तपाइँको छिमेकी हुँ’ भन्दा दर्शक रमाए । 

उनले भने ‘म तपाइँहरुकै छिमेकी हुँ । यही दुम्कौलीमा हो मेरो पुर्खाको घर ।’ यति भनेपछि दर्शकले हमाललाई घेरेर सेल्फी लिन थाले । हमालको घर कावासोतीबाट ८ किमी पूर्व दुम्कौलीमा छ । त्यहाँ उनको जग्गाजमिन र पुख्यौली घर पनि छ । 

एक बैंकले आयोजना गरेको बैंक र बचनसम्बन्धी जानकारीमूलक कार्यक्रमका लागि हमाल नवलपरासी आएका थिए । 

प्रकाशित : कार्तिक २२, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?