कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन भोग

कान्तिपुर संवाददाता

काठमाडौं — रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । एक हूल पुुरुष मोडल कम्मरमाथि चाहिँ कोट मात्रै लगाएर र्‍याम्पमा देखा परे । दर्शकलाई यो दृश्य कौतूहलपूर्ण लागेको उनीहरूको हाउभाउबाट बुझिन्थ्यो ।

इन भोग

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा बुधबार हाउस अफ फेसनले ‘इन भोग’ थिममा गरेको फेसन सोमा विभिन्न डिजाइनरका पहिरन प्रदर्शन गरिए । सोमा मिसेक लिम्बू, पूजा बगरिया, कैलाश कुँवर,
मनिता थापा, दीपा केसी, उत्कृष्ट वीरविक्रम शाह, अनुुग्रह अधिकारी र होम अफ फेसनका डिजाइनर ड्रेस प्रदर्शन गरिए ।

हातले बुनेका वान पिस आकर्षक थिए । त्यस्तै, पार्टी वेयर र गाउन सदाबहारलगायतका पहिरन पनि देखाइए । पिंक, क्रिम, ब्ल्याक र मरुन रंगमा बनेका गाउनहरू पनि लोभलाग्दा देखिन्थे ।

प्रकाशित : कार्तिक २४, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?