कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फिर्के’ को ट्रेलर

काठमाडौं — ‘फिर्के’ को बुधबार राजधानीमा ट्रेलर सार्वजनिक भएको छ । हास्य कलाकारको छवि बनाएर निर्देशनमा पसेका रवि डंगोलले यो फिल्मको निर्देशन गरेका हुन् ।

‘फिर्के’ को ट्रेलर


फिल्म कमेडी जानरामा बनेको उनले जनाए । ‘ईकु’को नामले चर्चित कलाकार सुलेमान शंकर यो फिल्मको प्रस्तुतकर्ताको रुपमा रहेका छन् । 
‘गाउँबाट सपना बोकेर शहर पस्ने युवकको कथा हो,’ निर्देशक डंगोलले भने । डंगोलले यसअघि आधा दर्जन नेवारी फिल्म निर्देशन गरिसकेका छन् । निर्देशनको रुपमा यो उनको पहिलो नेपाली फिल्म हो । पुस २१ मा रिलिज हुने तरखरमा 
रहेको ‘फिर्के’ मा अर्पण थापा, सुलेमान, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन 
गुरुङ लगायतले अभिनय गरेका छन् ।
यसअघि ‘ईकु’ र ‘ईकु २’ फिल्मसमेत निर्माण गरेका कलाकार सुलेमान शंकरले ‘फिर्के’ मा ईकु भन्दा 
फरक भूमिकामा अभिनय गरेको बताए । 
फिल्मका निर्माता ओम गुरुङ र राजेश श्रेष्ठ हुन् भने अभिमन्यू निरबीको लेखेका हुन् । छायांकन भने रामकुमार केसी रहेको छ ।

 

प्रकाशित : मंसिर १४, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?