कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अजित र शहनाज भए ‘मिस्टर एन्ड मिस कल्चर एन्ड टुरिज्म’

ब्युटी कन्टेस्ट

दमौली — पहिलोपटक यहाँ आयोजित मिस्टर एन्ड मिस कल्चर एन्ड टुरिज्म प्रतिस्पर्धामा अजित घर्तीमगर र सहनाज शेख विजेता भएका छन् ।

अजित र शहनाज भए ‘मिस्टर एन्ड मिस कल्चर एन्ड टुरिज्म’

संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि भन्दै आयोजित प्रतिस्पर्धामा उल्लेख्य संख्यामा तन्नेरीहरू सहभागी भए । मिस कल्चरको उपाधि विजेता शेखले पर्यटन क्षेत्रमा लाग्ने चाहना रहेको बताइन् । ११ कक्षाकी विद्यार्थीले पुरस्कारबापत ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनलाई ‘मिस पोखरा’ ममता जोशीले ताज लगाइदिएकी थिइन् ।

मिसतर्फ नै कञ्चन दुरा फस्र्ट रनरअप र शिल्पा थापामगर सेकेन्ड रनरअप भए । उनीहरूले क्रमश: १५ हजार र १० हजार रुपैयाँ पाए ।

मिस्टरतर्फका विजेता घर्तीमगरले जिल्लामा जातजातिको संस्कृति संरक्षणका लागि काम गर्ने रहर भएको बताए । यसमा मनोज आलेमगर फस्र्ट रनरअप र मनोज थापा सेकेन्ड रनरअप भए ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?