फोटोमा ‘कागजपत्र’

कान्तिपुर संवाददाता

काठमाडौं — नाजिर हुसेन र शिल्पा मास्के लिड रोलमा रहेको फिल्म ‘कागजपत्र’ का सुटिङ फोटाहरू सार्वजनिक भएका छन् । सामाजिक प्रेमकथा बुनिएको अपिल विष्ट निर्देशित उक्त फिल्म यति बेला दाङको तुलसीपुरमा छायांकन भइरहेको छ ।

सार्वजनिक गरिएका फोटामा फिल्मका मुख्य कलाकार नाजिर र शिल्पासहित भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको चरित्र झल्किएको छ । गाउँको पृष्ठभूमि झल्कने फोटामा चरित्रहरू पनि गाउले नै लाग्छन् । अपिलकै लेखन रहेको फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचिरहेका छन् ।

वल्र्ड वाइड फिल्म्सको प्रस्तुति रहने ‘कागजपत्र’ लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापती सिवाकोटी, सुदीप उप्रेती र मनीष खत्रीले संयुक्त रूपमा निर्माण गरेका हुन् । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए ।

 

प्रकाशित : मंसिर २१, २०७४ ११:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रवीणको कुकुरप्रेम

कान्तिपुर संवाददाता

काठमाडौं — गायक प्रवीण बज्राचार्य ‘कुकुर अनि म’ एल्बमसहित आएका छन् । के नाइन डग ट्रेनिङ एन्ड केयरले प्रस्तुत गरेको एल्बममा सात गीत छन् । सबै गीत प्रवीणले नै गाएका हुन् ।

डा. सुनील सापकोटाको ‘हे मानव..’ र ‘बोल्न सक्दिनँ..’, रवि मल्लको ‘सान्नानीको..’, प्रकाश/सुजाता तामाङले लेखेको ‘बिहानी..’ गीत कल्याण सिंह र दीपंकर क्षेत्रीले संगीतबद्ध गरेका हुन् । प्रवीणले अन्य गीतकारले लेखेका मात्रै नभई आफंैले लेखेको ‘जिन्दगीको...’ र ‘पानी पर्‍यो..’ गीत पनि गाएका छन् । ‘जिन्दगीको...’ गीतकल्याणले संगीतबद्ध गरेका हुन् भने ‘पानी पर्‍यो..’ गीतमा प्रवीणकै संगीत सुन्न सकिन्छ ।

प्रकाशित : मंसिर २१, २०७४ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT