कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हलिउड अभिनय–यात्रामा सम्बन्ध

काठमाडौं — संसारकै प्रख्यात अभिनय कलायात्रा मानिने प्रिमियर–२०१७ डिसेम्बर प्रोगाममा सहभागी हुन नेपाली समुदायका १४ वर्षीय सम्बन्ध भण्डारी हलिउड पुगेका छन् ।

हलिउड अभिनय–यात्रामा सम्बन्ध

विश्वभरका प्रतिभावान बालबालिका छनौट प्रकृयाको यो स्थापित प्रतियोगिता डिसेम्बर अन्तिम सातामा अमेरिकाको वाल्ट डिज्ने वल्र्ड, ओरल्यान्डोमा आयोजना हुादैछ । टिकापुर, कैलाली मुल घर भएका सम्बन्ध आफ्ना अभिभावकका साथमा डेनमार्कको कोपनहेगन बस्दै आएका र त्यहींबाट प्रिमियर–२०१७ को अडिसनमा छानिएका हुन् । 

सम्बन्धका पिता पूर्ण बन्धनका अनुसार, अडिसनमा आएका २ हजार प्रतिष्पर्धीमा उत्कृष्ट–१० मा छानिएर ९ कक्षामा अध्यनरत सम्बन्ध हलिउड पुगेका हुन् ।

हलिउडकै महंगा प्रशिक्षकका रुपमा चिनिएका माइकल डेभिडसहितले अभिनय तालिम दिने र विश्वका ५ सयभन्दा बढी प्रतियोगी प्रिमियर–२०१७ मा सहभागी हुने जनाइएको छ । यो प्रतियोगितामा अब्बल उत्रने प्रतियोगीले डिज्ने च्यानल, एबीसी, सीबीएसमा समेत काम पाउने गरेका छन् । 

 

प्रकाशित : पुस २, २०७४ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?