कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बलिउडका स्टार किड

काठमाडौँ — बलिउडका स्टार किडहरू आफ्ना बाबुआमालाई नै पछयाउने क्रम बढदो छ । स्टार किडकै रूपमा आएका रनवीर कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन अहिले बलिउडमा स्थापित भइसकेका छन् ।

बलिउडका स्टार किड

पछिल्लो समय सैफ अली खान र अमृता सिंहकी २३ वर्षीया छोरी सारा अली खान डेब्यु गर्ने तरखरमा छिन् । न्युयोर्कको कोलम्बिया युनिभर्सिटीबाट अध्ययन सकाएकी सारा सुशान्त सिंह राजपूतको अपोजिटमा ‘केदारनाथ’ फिल्ममा देखिन लागेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सारालाई अनुष्का शर्माको प्रोडक्सनमा बन्न लागेको फिल्मका लागि पनि अफर गरिएको छ । तर उनकी आमा अमृताले पहिलो फिल्मबाट दर्शकको प्रतिक्रिया पाएपछि मात्रै अन्य प्रोजेक्टमा हात सुझाएकी छन् ।

श्रीदेवीकी छोरी जाह्नवी पनि ‘धडक×’ मार्फत बलिउडमा डेब्यु गर्दै छिन् । करण जोहरले हालै फिल्म ‘धडक’ को फस्टलुक सार्वजनिक गरे । यसै फिल्ममार्फत शाहिद कपुरका भाइ ईशान खट्टरले पनि बलिउड यात्रा सुरु गर्दै छन् । ईशानले ‘उडता पन्जाब’ मा निर्देशकलाई असिस्ट गरेका थिए । ‘धडक’ मराठी ब्लकबस्टर ‘सैराट’ को हिन्दी रिमेक हो ।

उता, सुनील शेट्टीकी छोरी आथियाले ‘हिरो’ मार्फत डेब्यु गरेकी छन् । भर्खरै युरोप र अमेरिकामा ड्रामाटिक्सको कोर्स सकेका उनकै २० वर्षीय भाइ अहान पनि साजिद नाडियाडवालाको रोमान्टिक एक्सन ड्रामामा डेब्यु गर्दै छन् । फिल्मकै लागि अहानले तयारी गरिरहेको भारतीय मिडियाले लेखेको छ । थुप्रै अभिनेतालाई बलिउडमा स्थापित गराएका निर्देशक दाजुभाइ अब्बास–मस्तानले अब्बासका छोरा मुस्तफालाई फिल्म ‘मेसिन’ मार्फत डेब्यु गराउन लागेका हुन् । मुस्तफाले अब्वास–मस्तानलाई ‘प्लेयर्स’, ‘रेस २’ र ‘किस किस को प्यार करुँ’ मा असिस्ट पनि गरिसकेका छन् ।

‘यमला पगला दिवाना’ मा देवल बाबुछोरा धर्मेन्द्र, सन्नी र बबीले उधुम मच्चाएका थिए । यसैको सिक्वेलमा चाहिँ सन्नी देवलका छोरा करणले फिल्मका लागि गीत लेखेका र गाएका थिए । अब भने सन्नीको प्रोडक्सन हाउसबाट बन्न लागेको लभस्टोरी बेस्ड ‘पल पल दिल के पास’ बाट करणले अभिनय कौशल पनि देखाउने भएका छन् । करणले अभिनय प्रशिक्षण लिएका छन् ।

करण जौहरले बनाएको ‘स्टुडेन्ट अफ द इयर’ ले आलिया भट्ट र वरुण धवनलाई स्टार किडबाट स्थापित गराउन मद्दत गरेको थियो । यसैको सिक्वेलमा दिशा पटानीजाह्नवी, ईशान

खट्टरसँगै चंकी पाण्डेकी छोरी अनन्याले पनि डेब्यु गर्दै छिन् ।

प्रकाशित : पुस १४, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?