कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पद्मावतीको नाम परिवर्तन गर्न भारतीय सेन्सर बोर्डको सुझाव

एजेन्सी

नयाँ दिल्ली — भारतीय सेन्सर बोर्डले विवादित चलचित्र पद्मावतीलाई यूए सर्टिफिकेट दिंदै नाम परिवर्तनको लागि आग्रह गरेको छ । बोर्डले पद्मावतीको सट्टा पद्मावत नाम राख्न सुझाएको हो । 

पद्मावतीको नाम परिवर्तन गर्न भारतीय सेन्सर बोर्डको सुझाव

बोर्डले चलचित्रको केही दृश्य परिवर्तन गर्न पनि भनेको छ ।


सन्जय लिला भन्साली निर्मित फिल्ममा दीपिका पादुकोण, साहिद कपुर र रनवीर सिंहको मुख्य भूमिका छ । फिल्म १६ औं शताब्दीको एक कविता पद्मावतमा आधारित छ । मलिक मोहम्मद जयसीले उक्त कविता लेखेका हुन् ।


फिल्मले राजपुर इतिहास बंग्याएको भन्दै भारतीय राजपूतहरुले फिल्मको विरोध गर्दै आएका थिए ।

पद्मावती विवादबारे लेखिएको टिप्पणी : भारतीय लोकतन्त्रको किस्सा

प्रकाशित : पुस १५, २०७४ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?