कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाेर्ब्स सूची : यी हुन् एसियाका प्रभावशाली नेपाली युवा

काठमाडौं — फोर्ब्स म्यागेजिनले यो वर्ष प्रकाशित गरेको एसियाका ३० वर्षमुनीका प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली अटाएका छन् । फाेर्ब्स १० विधामा ३० जनाका दरले ३० सय प्रभावशाली युवाको सूची प्रकाशित गरेको थियो ।

फाेर्ब्स सूची : यी हुन् एसियाका प्रभावशाली नेपाली युवा

रवि कुमार, कोड फर नेपाल
जनकपुरका रवी कुमार अहिले विश्व बैंकको प्रमुख डिजिटल स्ट्राटेजिस्टको रुपमा वासिङ्टन डिसीमा कार्यरत छन् । उनले आफ्नी पत्नीसँग मिलेर स्थापना गरेको कोड फर नेपालले नेपालम्याप डट ओआरजीमार्फत नेपालसम्बन्धी सबै तथ्यांक सजिलै उपलब्ध गराउने लक्ष्य राखेको छ ।

साथै, उनले नेपालका दुर्गम गाउँमा २५ स्कुल पुननिर्माणको लागि सहयोग गरेको फोर्ब्समा उल्लेख गरेको छ ।

आशिष आचार्य र सविन भण्डारी,ह्वाइटस्पेश

सन् २०१२ मा कलेज पढ्दापढ्दै दुईले नेपालकै पहिलो अनलाइन स्टोर्स थ्रेडपेन्ट्स खोल्ने निर्णय गरेका थिए । थ्रेडपेन्ट्स अहिले टीशर्ट, घडी, व्यागदेखि हरेक सामानको लागि चर्चित बनेको छ । थ्रेडपेन्ट्सले स्थानीय डिजाइनरले डिजाइन गरेका टिशर्टहरु बिक्री सुरु गरेको थियो । उसले नेपालमा भूकम्प गएपछि सहयोग संकलनको लागि टीशर्ट फर रिलिफ नामक अभियान चलाएको थियो ।

सुर्य कार्की, दियालो फाउण्डेशन
नेपालका दुर्गम गाउँमा बस्ने बालबालिकालाई नि:शुल्क शिक्षा दिने उद्देश्यका साथ कार्कीले दियालो फाउण्डेशन सुरु गरेका हुन् । यसले दुर्गमका बासिन्दालाई दीगो ऊर्जा र कृषिको बारेमा सेवा प्रदान गरिरहेको फोर्ब्सले जनाएको छ । कार्की अहिले बेइजिङमा अध्ययनरत छन् ।

प्रभात यादव, एक्स्प्लोर ग्याजेट
एक्स्प्लोर ग्याजेट यूट्युवमा निकै लोकप्रिय छ । काठमाडौंमा स्थापित एक्स्प्लोर ग्याजेटले सन् २०१२ देखि यूट्युव च्यानल सञ्चालन गरेको थियो । च्यानलले नेपाली दर्शकलाई पछिल्लो प्रविधिको जानकारी दिंदै आएको छ । एक लाख सब्स्क्राइबर पुगेपछि यूट्युवले दिने सिल्भर प्ले बटन अवार्ड पाउने यादव एक मात्र नेपाली भएको फोब्र्सले जनाएको छ । च्यानमा अहिले ३ लाख ६० हजार सब्स्क्राइबर छन् । 

प्रकाशित : वैशाख १, २०७४ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?