कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याजदरबारे चासो

काठमाडौं — मौद्रिक नीति सार्वजनिक भएपछि ब्याजदरमा कुनै असर नपरेकामा सरोकारवालाले चासो देखाएका छन् । आर्थिक वृद्धिका लागि कर्जा र निक्षेपको ब्याजदर स्वाभाविक हुनुपर्ने बैंकर्स संघका अध्यक्ष अनील शाहले बताए ।

‘स्वाभाविक ब्याजदर वृद्धिले मात्र स्वस्थ अर्थतन्त्रलाई टेवा पुर्‍याउनेछ,’ राजधानीमा आईबीएन मिडिया तथा रिसर्च सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले भने ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पुनर्कर्जा सुविधा विस्तारले सरकारले लक्ष्य गरेको आर्थिक वृद्धिदर हासिल हुने दाबी गरे ।
कार्यक्रममा हालै आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा छलफल भएको थियो ।

प्रकाशित : श्रावण २, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?