कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुगमन गर्दा मन्त्रीको गाडी तोडफोड

गणेश चौधरी

टीकापुर — टीकापुरको बजार अनुगमनको क्रममा शनिबार आपूर्ति राज्यमन्त्रीको गाडी तोडफोड भएको छ । पसल सिल गर्ने क्रममा भएको विवादमा स्थानीय व्यापारीले राज्यमन्त्री कर्णबहादुर विक चढेको गाडीमा क्षति पुर्‍याएका हुन् ।

विवाद हुँदा बा १ झ ९६९९ नम्बरको गाडीको सिसा तोडफोड गरिनुका साथै झन्डा पनि च्यातिएको थियो । गाडीको सिसा टीकापुर उद्योग वाणिज्य संघले मर्मत गरीदिने भनेपछि विवाद हाललाई साम्य भएको छ । अनुगमनका विषयमा भएको अवरोधबारे अनुगमन टोली, कैलालीका प्रमुख जिल्ला अधिकारी, टीकापुर नगरपालिकाका मेयर, टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूबीच छलफल भएको थियो । छलफलमा राज्यमन्त्री विकले आगामी दिनमा यस्तो नगर्न निर्देशन दिए ।

टीकापुर बजारमा रहेको विष्ट आयल स्टोर, बलायर किराना पसल र अमृत गौतम किराना पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा विष्ट आयल स्टोरको पेट्रोलको मात्रा कम र डिजलको मात्रा बढी गइरहेको भेटिएको जनाइएको छ ।

बलायर किराना पसल र अमृत गौतम किराना पसलबाट म्याद नाघेका तथा उत्पादन मिति उल्लेख नभएका विभिन्न खाद्य सामान, चाउचाउ, चिउरा, डालडा, सुजी, गुट्खा, बिस्कुटलगायत सामान फेला परेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत गोविन्द लुइँटेलले जानकारी दिए ।

अनुगमनका क्रममा पसलमा रहेका अधिकांश सामानमा उत्पादन मिति गुज्रेका तथा उल्लेख नभएकाले पसल सिल गर्ने क्रममा विवाद भएको थियो । व्यापारीले सिलबन्दी नभई प्रक्रियामा गई कारबाहीको माग गरेका थिए ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?