कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो पेप्सी ओपन गल्फ हुने

काठमाडौं — पेप्सी ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताको सम्पूर्ण प्रायोजन वरुण बेभरेजको उत्पादन पेप्सीले गर्नेछ । प्रतियोगितामा करिब ९० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक आचार्यले जानकारी दिए ।


३/४ स्टेबल फोर्ड फम्र्याटमा खेलिने प्रतियोगितामा विभिन्न पुरस्कार रखिएको छ । महिला र पुरुषतर्फ विजेता र उपविजेतासँगै ज्येष्ठ नागरिक, बेस्ट ग्रस, जुनियर यू–१७ विजेता, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मोस्ट बर्डिज विजेतालाई पुरस्कृत गरिनेछ । 
वरुण बेभरेजका बजार विकास व्यवस्थापक सुशीलरत्न तुलाधरले आउने दिनमा एमेच्योर गल्फसँगै व्यावसायिक गल्फमा पनि पेप्सीले कदम चाल्ने बताए ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?