कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरोनिया डिजिज : नपुसकताको एउटा रुप

काठमाडौं — पेरोनिया डिजिज पुरुषको लिंगमा देखा पर्ने एक प्रकारको विकार हो । यस रोगबाट प्रभावित व्यक्ति पिसाव फेर्न अप्ठ्यारो हुनुका साथै स्त्रीसंग संभोग गर्न सक्दैन । यस रोगबाट पीडितलाई उत्तेजना नै आउदैन । उत्तेजित भएपनि संभोगका बेला लिगंमा सहनै नसक्ने गरी पीडा हुन्छ । साथै रोगीको लिगं देब्रे, दाहिने वा तलमाथी वाड्गो भएर झट्ट हेर्दा अग्रेजी "यू" को आकार जस्तो देखिन्छ । लिंगमा लचकपन हुँदैन कडापन देखिन्छ । यसरोगबाट पीडित व्यक्तिको पेनिसको आवरण (बाहिरीछाला) भित्रपट्टी एक किसिमको बाक्लो र कडाखालको सेतो लेउ (जालो) को टुक्रा जस्तो लेयर जमेको हुन्छ ।

पेरोनिया डिजिज : नपुसकताको एउटा रुप

फंगस् किसिमको यो जालो व्यक्तिको  लिंगको माथिल्लो या तलको भागमा भित्रपट्टी जमेको पाईन्छ । साथै लिंग सुन्निन्छ । त्यसैले लिंग बाङ्गिने पीडादायी हुने हो । यो रोग नपुंसकताको एउटा रुप हो भन्दा अत्युक्ति नहोला । यो समस्या कुनैपनि जात-जाति र जुनसुकै उमेरका पुरुषहरुलाई प्रभावित गर्न सक्छ । 

एक रिपोर्ट अनुसार विश्वका चालिस बर्ष माथिका १७% प्रतिशत पुरुषहरु यस रोगबाट पीडित छन् ।  तीस बर्ष मुनिका युवाहरुमा यो रोग कमै मात्रा पाईन्छ । पेरोनिया डिजिज- संक्रामक या (एसटीडि) अर्थात सेक्सुअल ट्रान्समिशन डिजिज (यौन रोग) बाट एक अर्कामा सर्ने रोग होईन । यो मानिसको आफ्नो शरीरको अटोईम्युनो अन्तर्गत हुने एक किसिमको रोग हो भनेर भनिन्छ । 

यस रोगका कारण: विषेशज्ञ चिकित्सकहरुका अनुसार यस रोगको सही कारण अझै अज्ञात छ । यसको कारण ठोकुवा गर्न सकिने अवस्था छैन । अनुमान के गरिन्छ भने- एथेलिटिक्स खेलकुद गतिविधि गर्दा लिंगमा लागेको कुनै गम्भिर प्रकारको चोट पटक या कुनै दुर्घटनामा परी लिंगमा चोट लागेको कुन सक्छ । जसको परिणामस्वरुप यो रोग हुन सक्छ । यसैगरी अत्याधिक हस्तमैथुन गर्नु या सानै उमेर देखि ब्रक्मचार्य मा वस्नु । यस्तै कुनै पुरानो रोगको लामो समयसम्मको उपचारको क्रममा हुन सक्छ। रोगीको पारिवारिक ईतिहासलाई हेर्दा- यदि कसैलाई यस किसिमको रोग भएको भेटिन्छभने परिवारका अन्य सदस्यलाई पनि हुने संभावना रहन्छ । यसरी नै अटोईम्यनो रोगको कुनै हिस्सा पनि हुनसक्छ यो रोग भन्ने कुरामा बिश्वास गरिन्छ । 

लक्षण: पियोरोनियाज डिजिजबाट प्रभावित व्यक्तिको लिंगको आवरण (भित्र) माथि या तलपट्टि (प्लक) धातुको टुक्रा जस्तै कडा खालको सेतो लेउ जमेको हुन्छ । यो लेयर बिस्तारै-बिस्तारै फेलिंदै जान्छ । लिंग बाङ्गिनु, सुनिन्नुका साथै दर्द महशुस हुनु, पिशाब फेर्न अप्ठयारो हुनु, पिशाब फोर्सले नहुनु । व्यक्तिको लिंग दायाँ, वायाँ वा तलपट्टि मोडिएको यु आकारको जस्तो हुनु । स्त्रीसंग सहवासको लागि उत्तेजनामा आउदा या संभोगको दौरान लिंगमा  अत्यन्तै पीडा हुनुका साथै पेनिस खुम्चिएर सानो हुन्छ । यसले गर्दा व्यक्ति संभोग गर्न असमर्थ हुनुका साथै लज्जित महशुस गर्दछ । पिरोनियाज रोग को लक्षण कसै कसैमा बिस्तारै-बिस्तारै विकशित हुन्छभने कसैमा चाडै नै देखापर्न सक्छ । १० देखि १५% बिरामीहरुमा यो रोग एउटा निश्चित प्वाईन्टमा आएर रोकिने हुन्छ । 

यस रोगका जटिलता : यस रोगबाट पीडित व्यक्ति शारीरिक रोगबाट पीडित हुनुका साथै मानसिक समस्याबाट पिरोलिनछन् । जस्तै, यौन क्षमतामा कमि आउनु, लिंगको अवस्था बारे सोचेर चिन्ता या तनावमा हुनु । आफ्नो विवाहको बारेमा या यौन साथीसंगको सम्मन्धलाई लिएर सधै मानसिक तनावमा पर्नु । विवाह गर्न नमान्नु वा विवाहको कुरै नगर्नु,  संभोग गर्न असमर्थ भएको कारणले नपुंसक भईएला कि भन्ने एक प्रकारको डर मनमा बराबर भईरहनु । पत्नीलाई गर्भधारण गराउन नसक्ने, सन्तान जन्माउन नसक्ने । पिता बन्न नसक्ने । जीवन साथीलाई यौन संन्तुष्टी दिन नसक्नु । यस्तो जीवन बाँच्नुभन्दा मर्नु नै वेश छभनेर आत्महत्या गर्ने प्रयास गर्नु आदि मानसिक समस्या आउन सक्द५ । 

रोगको निदान : पिरोनियाज रोगको निदानको लागि एउटा युरोलोजिष्ट (मुत्ररोग विशेषज्ञ) ले आवश्यक्ता अनुसार शारीरिक परिक्षण गर्नुका साथै अन्य परिक्षण पनि गराउन सक्छ । जस्तै, ईमेजिगं परिक्षण, लिंगको अल्ट्रासाऊन्ड, लिंगको एक्स-रे पनि गराउनु पर्ने हुनसक्छ । यसबाहेक बिरामीको लिंगको फङ्क्शन/ डिसफंक्शन थाहा पाउन को लागि बिशेषज्ञ द्वारा एक प्रकारको ईन्जेक्शन पेनिसमा लगाईन्छ । जसबाट लिगंको उत्तेजना वा शिथिलता हुने समयको बारेमा चिकित्सकलाई जानकारी हुन्छ । 

उपचार: पिरोनियाज डिजिजको उपचार एक मुत्ररोग बिशेषज्ञ (युरोलोजिष्ट) बाट नै सफलता पूर्वक हुन सक्छ । यसकारण अन्य सामान्य चिकित्सकहरु कहाँ यस प्रकारको रोग लिएर यदि कोई बिरामी आउछभने प्रायः डाक्टरहरुले मुत्ररोग बिशेषज्ञ कहाँ रिफर गर्दछन् । सम्बन्धित रोग बिशेषज्ञबाट नै रोग तथा रोगीको शारीरिक अवस्था हेरेर औषधिद्वारा उपचार गर्ने या अपरेशन गर्ने कुराको निर्णय गरिन्छ । त्यसै अनुसारको उपचारको प्लानिङ रोगी तथा चिकित्सकको आपसी सल्लाहले निर्धारण गरिन्छ । 

उपचारको उद्देश्य : यस रोगबाट लिंगमा हुने दर्दलाई कम गर्नुका साथै व्यक्तिको संभोग गर्ने क्षमतालाई कायम नै राख्नु हो । नन-सर्जिकल अर्थात अपरेशन नगरिकन औषधि प्रयोग को माध्यमले उपचार गर्ने उद्देश्यले लिंगको टेडोपना, फंगस  जस्तो लेउको टुक्रालाई कम गर्न र लिंगको सुन्निएको अवस्था लाई कम गर्नु रहेको हुन्छ । जस्तै, टेमोक्सिफेन, एसिटाईल-ल, भिटामिन-ई आदि  । 

सर्जिकल : यस रोगको अपरेशन गर्न अत्यधिक महंगो पर्छ । अपरेशन गरेपश्चात पनि कुनै ग्यारन्टि छैनकी तपाई यस रोगबाट मुक्त हुनुहुन्छ भनेर । यसरोगको अपरेशन हालसम्म पाँच प्रतिशत मात्र सफल भएको छ । पन्चनब्वे प्रतिशत छैन भनेर भनिन्छ । यसबाहेक (पोष्टअपरेटिब ईफेक्ट) अपरेशन गरे पश्चात देखिने समस्याहरु पनि छन् । अपरेशनपछि लिंग सामान्य आकार भन्दापनि सानो हुन जान्छ । 

सल्लाह : यस रोगबाट प्रभावित व्यक्तिले सन्तुलित भोजन गर्ने, नियमित रुपले व्यायाम गर्ने, धुम्रपान तथा मधपान नगर्ने, लिंगको आकार बढाउने, कामोउत्तेजना बढाउने जस्ता खालका बजारमा पाईने अबैध औषधिहरुको सेवन नगर्ने । 

होमियोप्याथिक : यस चिकित्सा बिधिबाट पनि रोगीको उपचार हुन सक्छ । यस रोगको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्ये नजर राखेर समष्टिगत लक्षणको आधारमा रोगीको लागि उपयुक्त औषधिको छनौट गरिन्छ । यस रोगमा रोगीको लक्षणअनुसार प्रयोग हुने केहि होमियोप्याथिक  औषधिहरु निम्नलिखित छन् । (१) आर्निका, साइलिसिया, कालिआयोड, सेलिनियम, गुयेकम , ग्रेफाइटिस,  भिटामिन-ई । यसबाहेक बाह्रय प्रयोग (एक्सट्रनल युज) गर्नको लागि (कास्टरआयल) अरन्डिको तेललाई हल्का तातो गरी  लिंग लगाई हल्का मसाज गर्ने भनि सिफारिस गरिन्छ । उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसंग सल्लाह गरी प्रयोग गरेमा लाभदायक हुनेछ । 
अस्तु ।
[email protected]
   

प्रकाशित : चैत्र १, २०७३ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?