कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्व‍. लामु अमात्य नेपालको पहिलो नर्स घोषित

काठमाडौं — सरकारले स्व. लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उनका पुत्र योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे ।

स्व‍. लामु अमात्य नेपालको पहिलो नर्स घोषित

सरकारले स्व. लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उनका पुत्र योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे ।

स्व. अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थिइन् । उनले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गरेकी थिइन् । नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व. लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व. लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए ।

पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिनुभएकी स्व. लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । 'आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको छ,' योगेश्वर अमात्यले कार्यक्रमपछि भने ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने समेत गायक अमात्यले जानकारी दिए । रासस

प्रकाशित : वैशाख १७, २०७४ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?