कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्थरीको होमियोप्याथिक उपचार

डा.ललितकुमार मिश्र

किड्नी स्टोन अर्थात् मिर्गौला पत्थरी आमरूपमा देखापर्ने समस्या हो । मिर्गौलाको पत्थरीलाई (नेफ्रोलिथियसिस) या किड्नीको पथरीको रूपमा पनि लिइन्छ । पत्थरी सानादेखि ठूलोसम्मको हुन्छ र एकदेखि अनेक पनि हुन सक्छन् । पत्थरी प्राय: किड्नी, मूत्रमार्ग र मूत्रबाहिनी नलीमा देखिन्छ । बिरामीको पिसाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ ।

पत्थरीको होमियोप्याथिक उपचार

जुन तत्व पिसाबसँग घोलिएपछि जमेर स्टोनको रूपमा परिणत हुन्छ । क्याल्सियम, फसफोरस, युरिक एसिड, सिस्टिन र कयौ तत्वहरुले स्टोन बनाउँछ ।

मुत्रपत्थरी एकदिनमा बन्ने होइन, पत्थरी बन्नलाई पनि वर्षौं लाग्दछ । पथरीले पिसाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । हुन त, मिर्गौलाको पत्थरी स–साना आकारका हुन्छन् । पिसाबबाट आफैं निस्किरहन्छ । कुनै प्रकारको तकलिफ उत्पन्न नगरी बाहिर निस्किन्छ र हामीलाई थाहा पनि हुँदैन । संयुक्त राज्य अमेरिकामा लगभग एक लाख मानिसहरु प्रत्येक वर्ष किड्नी स्टोनको उपचार गराइरहेका छन् भन्ने कुरा त्यहाँको मधुमेह राष्ट्रिय संस्थानको एक वार्षिक रिपोर्टमा प्रकाशित गरिएको छ । किड्नी स्टोनको प्रकारमा क्याल्सियममा आधारित किड्नी स्टोन सबभन्दा बढी देखिन्छ जो प्राय: २०/३० वर्ष उमेरका युवाहरुमा देखिन्छ । महिलाहरुमा रेयर नै पाइन्छ । 
               
१. cysteine :
यो पत्थरी आनुवंशीय विकारको रूपमा देखिन्छ, जुन यदाकदा पाइन्छ । महिला तथा पुरुष दुवैमा पाइन्छ ।
२. struvite : यो पत्थरी अधिकतर–युटिआई मूत्रमार्गको इन्फेक्सनको साथै माहिलाहरुमा पाइन्छ । यो पत्थरी ठूलो आकारमा हुन्छ । यसले मूत्रमार्गमा रोकावट पैदा गर्न सक्छ ।
३. युरिक ऐसिडमा आधारित पत्थरी माहिलाहरूको तुलनामा पुरुष वर्गमा बढी देखिन्छ । गठिया बात भएका बिरामी या केमोथेरापीको माध्यमले बाँचिरहेका व्यक्तिहरूमा किड्नी स्टोन हुन्छ । औषधिको प्रयोग–केही ऐलोपेथिक औषधिको नियमित प्रयोगले पनि पत्थरी हुनसक्छ । जस्तै–Triamtevene, acyclovir आदि । कारण मिर्गौलामा पत्थरी हुने कारणामा केही खाद्यपदार्थ अति संवेदनशील हुन्छन् जसको नियमित सेवनले पत्थरीको गठन गर्नमा बढावा दिने काम गर्दछन् । जस्तो–पालुगों, गोलभेंडा, चिया कफी र चक्लेट आदि । यस्तै जुन व्यक्तिहरुले शरीरलाई चाहिनेभन्दा काम पानीको सेवन गर्दछन् र पर्याप्त मात्रामा तरल पदार्थ आफ्नो आहारमा समावेश गर्दैनन्, उनीहरूलाई पानी किड्नीमा पत्‍थरी हुने बढी सम्भावना रहन्छ । जोखिम कारक तत्वहरु परिवारमा कसैलाई मिर्गौलाको पत्थरी छ भने त्यस परिवारको व्यक्तिलाई किड्नीमा पत्थरी हुने बढी सम्भावना रहन्छ । 

निर्जलीकरण : प्रत्येक दिन प्रयोग गरिने पानीको अभावमा पत्थरी हुने खतरा रहन्छ । गर्मी मौसममा बस्ने तथा अत्यधिक पसिना आउने व्यक्तिहरूमा डिहाडेसनले गर्दा अरूको तुलनामा पत्थरी बन्ने बढी सम्भावना रहन्छ । यसप्रकार हरियो सागपात, नट्स, चिया कफी, चक्लेटको रूपमा आक्जलेटयुक्त खाद्यपदार्थको सेवनले पनि किड्नीमा स्टोन बन्नमा मलजल हाल्ने काम गर्दछ । अत: उपरोक्त खाद्यपदार्थ किड्नीमा पत्थरी भएका बिरामीले सेवन नगर्नु नै बेस हुन्छ । सामान्य व्यक्तिले पनि उपरोक्त खाद्यपदार्थ उचित रूपमा सेवन गर्नुपर्दछ । 
लक्षण : किड्नीमा या युरेटरमा पत्थरी रहे तापनि सुरुमा कुनै प्रकारको लक्षण देखिँदैन । कुनै कारणवस पत्थरी किड्नीबाट बाहिर निस्किने क्रममा मुत्रमार्गमा अड्किन गई अवरोध भएमा बिरामीमा निम्नलिखित लक्षणहरू देखापर्दछ । 

१– पिसाब रोकिनु ।
२– बारम्बार पिसाब फेर्न इच्छा हुनु ।
३– दु:खाइ कोखातिरबाट सुरु भई तलतिर जानु ।
४– पिठ्युँतिर पनि दु:खाइ सर्नु ।
५– पिसाबमा रगत आउनु ।
६– पिसाब पोल्नु संक्रमण हुनु तथा दु:खाइको क्रममा वाकवाकी तथा बान्ता समेत हुनु ।
७– पिसाब धमिलो तथा दुर्गन्धयुक्त हुनु । 
८–सामान्यभन्दा बढी पटक पिसाब हुनु बालबालिकाहरूको हकमा भने पिसाब गर्ने बेलामा आफ्नो लिङ्ग समातेर लडिबडी गर्नु, रुनु, कराउनु ऊफ्रिनु आदि जस्ता लक्षणहरू देखिन्छ । 

रोगको निदान : पथरीको सम्बन्धमा त्यसैबेला थाहा हुन्छ । जब कुनै अन्य रोगको उपचारको क्रममा निदान हेतु गराउने पैथोलोजिकाल टेस्टमा किड्नीमा पत्थरी भएको पाइन्छ या पिसाबमा संक्रमण भई पिसाब रोकिएमा मात्र थाहा हुन्छ । किड्नीमा पत्थरी हेतु निदान गरिने ल्याबटेस्टमा ब्लडटेस्टमा क्याल्सियम फसफोरस युरिक एसिडको जाँच गरिन्छ भने पिसाबको विश्लेषण पनि गरिन्छ । जसमा क्रिस्टल, बेक्टेरिया, रगत र सेतो रक्तकण हेरिन्छ । यसैगरी केयूबी, एक्स–रेको साथै अल्ट्रासोनोग्राफी (भिडियोएक्स–रे) पनि गराइन्छ । यी पैथोलोजिकल टेस्टबाट किड्नीको पत्थरी कहाँ छ र कुन अवस्थामा छ भन्ने कुराको जानकारी हुन्छ । यसैअनुसार चिकित्सकले किड्नी स्टोनको उपचारको योजना बनाउँछ वा आपरेसन गर्ने सल्लाह दिन्छ ।

उपचार : यदि पत्थरी ५ एमएमभन्दा सानो छ भने कुनै प्रकारको दर्द वा लक्षण न देखाईकन पिसाबको माध्यमबाट बाहिर निस्किन्छ । यसका लागि कुनै औषधिको आवश्यकता पर्दैन । दु:खाइ धैरे भयो र धेरै मात्रामा रगत आइरहेको छ भने त्यसबेला अपरेसनको जरुरत पर्दछ । १० मिमिभन्दा बढी आकारको पत्थरी कहिले पनि पिसाबबाट निस्कन नसक्ने हुँदा त्यसको एलोप्याथिक मतअनुसार अपरेसन गर्नेबाहेक अन्य विकल्प हुँदैन । एलोप्याथिकमा लिथोट्रिपसीको माध्यमले किड्नीमा रहेको पत्थरीलाई फुटाएर निकाल्न इलेक्ट्रोनिक ध्वनिको प्रयोग गरिन्छ । यसैगरी टनल सर्जरी प्रक्रियाअन्तर्गत बिरामीको पिठ्युतिर एउटा सानो प्वाल बनाई पत्थरी निकाल्ने कार्य गरिन्छ । 

सल्लाह, सुझाव : स्टोन नबनोस् भन्नका लागि दिनमा ३–४ लिटर पानी आनिवार्य रूपले पिउनुपर्छ । पानी कमी भयो भने केमिकल्स कन्सेन्टर्सन बढ्दछ भने पानी बढी भयो भने कन्सट्रेसन कम हुन्छ । पिसाब आउँदा रोक्नु हुन्न, पिसाब रोक्दा केमिकल्स कन्सेन्टेरसन बढ्दछ । किड्नीको कुनै बिरामी वा संक्रमण छ भने तुरुन्त उपचार गराउनुपर्दछ । किड्नीका सबै रोगहरु स्थायी हुँदैनन् । 

होमियोप्याथिक उपचार : होमियोप्याथिक किड्नीको पत्थरीको उपचारका लागि सबैभन्दा राम्रो विकल्पमध्ये एक हो । होमियोप्याथिक औषधिहरूको सेवनले किड्नीमा रहेका पत्थरीहरू स्वाभाविक रूपमा गलेर पिसाबको बाटो भई बाहिर जान्छ र तपाईंलाई थाहा पनि हुँदैन । यदि तपाईंको किड्नीमा एक वा एकभन्दा बढी पत्थरीहरू देखिएमा अपरेसन वा अन्य उपचार गराउनुभन्दा अगाडि कुनै योग्य होमियोप्थिक चिकित्सकसँग एकपटक परामर्श अवश्य लिनुहोस् । हुनसक्छ अपरेसन गराउन नपरोस् । 

रोगीको किड्नीको पत्थरीको उपचारमा मानसिक एवं शारीरिक लक्षणहरुको आधारमा सफलतापूर्वक प्रयोग हुन केही औषधिहरू निम्नलिखित छन् ।
१. लाइकोपोडियम
२. सारसापरिला 
३. टेबेकम
४. केन्थरिस 
५. नक्सवोमिका 
६. बेलाडोना 
७. हाईड्रेन्जिया
८. नाईट्रिक एसिड 
९. बल्वेरिस भल्गेरिस
१०. बेन्जोईक एसिड
११. पेरिरा ब्राबरा आदि ।

उल्लेखित होमियोप्याथिक औषधिहरु कुनै योग्य तथा अनुभवी चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु उचित हुन्छ ।

[email protected]

प्रकाशित : जेष्ठ १७, २०७४ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?