कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

बच्चाहरुकाे ओछ्यानमा पिसाव फेर्ने बानी यसरी गर्न सकिन्छ नियन्त्रण

काठमाडौं — एक देखि दुई वर्षसम्मका केटा-केटीहरुले आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारै-बिस्तारै सिक्छन् । पिसाव लागेको महुस हुनेबित्तिकै ठुलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफै गर्ने हुन्छन् । सुत्दा खेरी राति औछ्यानमा पिसाव फेर्ने बच्चामा धेरै हुन्छन् । युवाहरुमा पनि यो समस्या हुनसक्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड वेटीगं भनिन्छ भने चिकित्सा विज्ञानमा यस्ता बिरामीलाई एन्युरेसिसको नामले चिनिन्छ ।

बच्चाहरुकाे ओछ्यानमा पिसाव फेर्ने बानी यसरी गर्न सकिन्छ नियन्त्रण

एक देखि दुई वर्षसम्मका केटा-केटीहरुले आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारै-बिस्तारै सिक्छन् । पिसाव लागेको महुस हुनेबित्तिकै ठुलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफै गर्ने हुन्छन् । सुत्दा खेरी राति औछ्यानमा पिसाव फेर्ने बच्चामा धेरै हुन्छन् ।

युवाहरुमा पनि यो समस्या हुनसक्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड वेटीगं भनिन्छ भने चिकित्सा विज्ञानमा यस्ता बिरामीलाई एन्युरेसिसको नामले चिनिन्छ । निन्द्रामा पिसाव गर्ने बानी यदि पाँच देखि सात वर्षको उमेरको हुँदासम्म पनि कायम नै रहन्छ भने यसले बच्चामा हिन भावना त आउँछ नै साथै यो मृगौला रोगको कारण पनि बन्न सक्छ । अत: यस रोगलाई हल्का किसिमले लिनु हुँदैन ।

यस समस्यालाई बुझेर समयमा नै उपचार गराउनु जरुरी हुन्छ ।

केहो बेड वेटीगं - साधारण बोलचालको भाषामा यसलाई 'ओछ्यान मुत्नु' भनिन्छ । केटा-केटीहरुमा यो समस्या हुनु सामान्य कुरो हो । अलिकति सावधानी राखि ध्यान दिने हो भने यो समस्या सामाधन हुनसक्छ । केटा-कटीहरुमा देखिएको यस समस्यालाई वास्ता गरिएन भने पछि ठुला समस्या भने हुनसक्छ । यस्ता केटा-केटिहरुमा ईनफेरेटि कम्पलेक्स, मनोवैज्ञानिक रोगको शिकार हुनसक्छन् । अभिभावकबाट गालि खानु परेमा यिनिहरु यसबारे कसैसंग कुरा गर्न पनि चाहँदैनन् ।

२५ प्रतिशत बच्चाहरु पाँच वर्षको भएपछि ओछ्यान मुत्ने बानी मा कन्ट्रोल गर्नसक्छन् । हुन त उमेर बढ्दै जाँदा यो रोग कम हुँदै जान्छ । दश वर्षको उमेर पछि यो समस्या पाँच प्रतिशत बच्चाहरुमा मात्र देखिन्छ । यसै गरी १५ वर्षको उमेर पछि मात्र १ प्रतिशत मानिसहरुमा यो समस्या रहन्छ ।

कारण - ओछ्यानमा राति पिसाव फेर्ने दुई कारण छन् । प्राईमरी कारणमा बेड वेटिगं गर्नेको समस्या कहिले कम हुँदैन । अर्को केसमा भने बेड वेटीगं गर्ने सिलसिला ६ महिनासम्म रोकिन्छ र केहि समय पश्चात पुन: सुरु हुन्छ । यसलाई सेकेन्डरी कारण भनिन्छ ।

साना बच्चाहरुको ब्लाडर को नसा म्योच्योर हुँदैन । यसकारण पिसावलाई कन्ट्रोल गर्न सक्दैनन्, ५ वर्षसम्मको उमेरसम्म यस्तै हुन्छ । ६ देखि ८ वर्ष सम्मको उमेरमा मुत्राशाय को नसा म्योच्योर भइसक्छ । यदि मातापिता मध्ये कुनै एकजनामा पनि यो समस्या छ भने ५० प्रतिशत केसहरुमा बच्चाहरुमा पनि यो समस्या देखिन्छ ।

यदि दुवै अभिभावकमा यो समस्या छ भने त ७५ प्रतिशत केसहरुमा यो समस्या हुन्छ । यस्तै प्रकार यदी आमाबाबुमा यस किसिमको समस्या नभएमा केवल १५ प्रतिशत केसमा बच्चाहरुमा यो रोग देखिन्छ ।

शरीरमा पिसाव कन्ट्रोल गर्ने हार्मोन हुन्छ । जसलाइ एन्टी युरेटिक हार्मोन्स भनिन्छ । राति सुतेको बेला जब यो हार्मोन्स कम हुन्छ त्यति खेर युरिन कन्ट्रोल हुँदैन । केहि केटा-केटीहरुमा मुत्रासयको क्षमताका कारणले पनि यो समस्या हुन्छ । १२ वर्षको उमेरसम्ममा पिसावको थैलिको क्षमता अडल्टको साईज ४०० देखि ५०० एमएलसम्मको भईहाल्छ ।

धेरैजसो केटाकेटीहरु गहिरो निन्द्रामा सुत्दछन् । राति उनिहरुको निन्द्रा खुल्दैन र ओछ्यानमै पिसाव गरिदिन्छन् । यस्तै स्ट्रेस, कब्जियत, दिमागको सुस्तिको कारणले पनि यो समस्या हुन्छ । यसको अलावा पेटमा जुका हुनु, मृगौलाले ठिकसँग काम नगर्नु, मधुमेह, ब्लाडर सानो हुनु, मुत्राशयमा शोथ हुनु, मृगौलामा पत्थरी हुनु आदि हुनसक्छ ।

यस्तै मनोवेज्ञानिक समस्या जस्तै- मन्दबुद्धीको हुनु, मानसिकरुपमा अविकशित हुनु, असुरक्षाको भावना, अचानक डरलाग्दो सपना देख्नु, हरेक समय गालि गर्ने, पिटाईखाने, सजाय पाउने डर हुनु, मनमा कुनै द्वन्द्व चल्नु, डर आदी ।

लक्षण - बच्चा लजाएर संकोच मानेर वा आफ्नै बिचारमा हराएर बस्ने हुन्छ । शारीरिक रोग भएमा पेट दुख्ने, मलद्वार चिलाउने, पिसाव पोल्ने हुन्छ । प्राय गरी अतिसंवेदनशिल बच्चाहरु राति सुत्दा ओछ्यानमा पिसाव फेर्ने हुन्छन् ।

के गर्ने -
* सुत्नु अगाडि अनिवार्य रुपमा पिसाव गर्ने ।
* कोल्टे परेर सुत्ने बानि लगाउने ।
* बच्चाको आत्मविश्वास जगाउने, अरुकोभन्दा उसको प्रसंसा गर्ने ।
* जुन दिन बच्चाले राति ओछ्यानमा पिसाव फेर्दैन, त्यो दिन बिहान ऊसलाई स्याबासी दिएर प्रोत्साहन गर्ने ।

के न गर्ने -
* उत्तानो परेर न सुत्ने ।
* सुत्नु भन्दा एकघन्टा अगाडि कुने पनि पेय पदार्थ वा पानी नपिउने ।
* बच्चालाई परिवारको अगाडि या साथिभाइहरु को अगाडि हास्यको पात्र नबनाउने ।
* डर लाग्ने खालका हिंस्रक फिल्म, टिभीको कार्यक्रम राति नहेर्ने ।
* मारपिट गर्ने, सजाए दिने वा कराएर बच्चाको मनमा डर उत्पन्न नगराउने ।

उपचार - ओछ्यानमा पिसाव फेर्ने समस्या भएका बच्चाको उमेर तथा पिसाव गर्ने अवस्थालाई हेरिकन चिकित्कको सल्लाहले केहि टेस्टहरु गराइन्छ । जसमा पेटको एक्स-रे, युरिन टेस्ट, यसको अलावा किल्निकल टेस्ट अर्थात बच्चाले पिसाव फेरेको डायरी चार्ट बनाउनुपर्ने हुन्छ ।

सामान्यतया बेड वेटीगंको समस्याबाट ग्रस्त बच्चाहरुको उपचार सफलता पूर्वक लक्षण अनुसार प्रयोग हुने केहि औषधिहरु निम्न लिखत छन् । जसको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको सल्लाह लिएर प्रयोग गर्न उचित हुन्छ ।

औषधि – एसिड नाईट्रिक, बेलाडोना, फोर्मिकारुफा, कास्टिकम, क्रियोजोटम, सिपिया, प्लान्टेगो, क्लोरालम, थुजा, युरेनियम नाईट्रिकम, भार्वेस्कम, ईक्वीजेटम, क्वाशिया, मेगफाँस, सिना, सेन्टोनाइन, सल्फर, बेन्जोईक एसिड, नक्स भोमिका, पल्साटिला, सोरिनम, मेडोरिनम, ईग्नेशिया, भेलेरियाना आदि ।

प्रकाशित : असार २१, २०७४ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?