कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन हुन्छ एलर्जी ?

डा. ललित कुमार मिश्र

काठमाडौं — हाम्रो शरीर भित्र कुनैपनि बाहिरी तत्वकोप्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिकृया देखाउने गर्दछ । एलर्जी एकप्रकारको असमान्य प्रतिक्रिया हो । जुन प्रतिक्रिया छालामा देखीने गर्दछ, यसलाई एलर्जी भन्छन् ।

किन हुन्छ एलर्जी ?

अज्ञानतावस वा यस प्रतिको विस्तृत जानकारीको कमिले गर्दा एलर्जी भन्ने बितिकै सरुवारोग, फोहरमैलाले उत्पन्न भएको रोग हो भन्ने गलत धाराणा हाम्रो समाजमा रहेको पाइन्छ । कुनैपनि एलर्जी सर्नेखालको हुँदैन न त यसमा कुनैप्रकारको किटाणु नै हुन्छ । यस अर्थमा एलर्जिलाई सरुवारोग भन्न मिल्दैन । सामान्य अर्थमा एलर्जी एउटा असंक्रमित रोग हो । अन्यरोग शरीरमा लागेपछि लामोसमय पछि मात्र त्यसको असरदेखिन्छ भने, एलर्जीमा छालाको माध्यमले तुरुन्तै प्रतिकृया देखाउने रोग हो ।

एलर्जीको प्रकार- सामान्य मानीसहरुको बुझाईमा शरीरको छला चिलाउनु, डाबर हुनुलाई मात्र एलर्जी भन्ने गरिन्छ । एलर्जी मुख्यतया दुईरुपमा हुने गर्दछ । (क) भित्रीकारण (ख) बाहिरीकारण ।
बाहिरी कारणबाट जे जति एलर्जीका समस्याहरु देखापर्छन् ति सबैलाइ कन्ट्याक्ट एलर्जि भनिन्छ ।

ईरिटेट कन्ट्याक्ट– यि दुबै प्रकारको एलर्जीमा ईरिटेट कन्ट्याक्ट एलर्जीले चाँडै प्रतिक्रिया देखाउँछ । भने कन्ट्याक्ट एलर्जीले भने अलिक ढिलो प्रतिक्रिया देखाउने गर्छ । कुनैपनि किराले शरीरको कुनै अगंमा बिस्टाउँदा वा नक्कली गरगहनाको प्रयोगबाट भएको होस् हाम्रो शरीरको छलाले छिटै प्रतिक्रिया देखाउने गर्दछ ।

– घामको कारणबाट– कस्मेटीक (सौन्दर्यप्रसाधन) सामाग्रीको प्रयोगबाट, विभिन्न प्रकारका खानेकुराहरुको कारण हुने एलर्जी कन्ट्याक्ट एलर्जी भित्र पर्दछ । कसैलाई अन्डा, केक, पाउरोटी, गहूँको रोटी जस्ता खानेकुराले एलर्जी हुने गर्दछ भने त कसै–कसैलाई माछा, मासु, दाल आदी कारणले पनि एलर्जी हुने गर्दछ । यि सबै बाहिरि कारणले देखापर्ने एलर्जीहरु हुन् ।

पारिवारीक ईतिहास अथवा आफूसंग भएका भित्रिरोग जस्तै- अस्थमा (दम) रुघाखोकि आदीको कारणबाट बाहिरी छालामा समेत एलर्जी देखापर्ने गर्दछ । खोकिको समस्या भएको अवस्थामा छातीमा स-साना बिमिराहरु आउने, चिलाउने जस्ता एलर्जीको समस्या देखापर्ने गर्दछ । यि सब भित्रिकारणबाट हुने एलर्जी हो ।

एलर्जीहुने कारणहरु- शरीरमा भएको प्रतिरोधात्मक क्षमता असामान्य भएर एलर्जी हुने गर्दछ । यो जुनसुकै कारणबाट पनि हुन सक्छ । प्रायजसो दैनिकरुपमा प्रयोग भईरहने सामान्य वस्तुहरुबाट पनि एलर्जी हुने गरेको पाईन्छ । घाम, पानी, धुलो, धुवाँ, औषधिहरु, नक्कली गरगहना, निकेल, कारपेट, ऊनी कपडाको प्रयोगले, चिसो-तातो आदी । यसबाहेक बोटबिरुवामा भएका कतिपय रसायनहरुको गन्ध वा छोएमा शरीरले सहन सक्दैन, यसकारण पनि एलर्जी हुन्छ ।

यसरी नै राम्रो देखिने चाहाना मा कृतिम सामग्रिहरु र कम गुणस्तरयुक्त कस्मेटीक सौन्दर्य प्रसाधनको प्रयोग पनि एलर्जी हुनुको कारण मध्ये एक हो ।

* वंशानुगत- अन्य रोगहरु जस्तै एलर्जी पनि वंशाणुगत हुने गर्दछ । आमाबाबु मध्ये कुनै एकजनामा एलर्जी हुने समस्या छ भने उनीहरुबाट जन्मेका पच्चिस देखि तीसप्रतिशत छोराछोरीमा यो देखा पर्ने संभावना रहन्छ । यदी आमा-बाबु दुबैमा एलर्जीको रोग छ भने ऊपरोक्त ऊल्लेख गरेको प्रतिसत भन्दा ठिक त्यसको दोब्बर हुने संभावना रहन्छ । वंशाणुगत हुने एलर्जीमा भित्री एलर्जी बढी हुने गर्दछ ।

कतिपय अवस्थामा कुनैपनि वस्तु नछोएर पनि परैबाट देख्दा पनि एलर्जी हुनसक्छ । हुनत एलर्जी प्राय सबै वर्गको मानिसलाई हुन्सक्छ । यसमा जात, धर्म, लिगंको भेदभाव छैन । पुरुषभन्दा महिलालाई बढीएलर्जी हुने गर्दछ । पुरुषहरुमा भने रसायनको सम्पर्क जस्तै सिमेन्ट, रगंरोगन, रोडा, बालुबा, दुषित पानी, हवा आदी का कारणले बढि एलर्जि हुने गरेको पाईन्छ ।

एलर्जीबाट कसरी बच्ने- एलर्जी आफैंमा अति नै संवेदनशील रोग हो । एकपटक एलर्जी भएको मान्छेलाई पुन: बल्झिने सम्भावना रहन्छ । आफ्नै लापारवाहीले गर्दा कतिपय एलर्जी पीडितहरु यसैको दिर्घरोगी समेत बन्न पुगेका छन् । मुख्यतया औषधिको कारणलेभन्दा आफूलाई एलर्जी हुने वस्तुबाट सतर्क रहेमा केही हद्दसम्म यसबाट बच्न सकिन्छ ।

कुन कुराले आफूलाई एलर्जी भएको हो सो कुरा पत्ता लगाई त्यस्ता वस्तुबाट समयमै टाढा रहन सके एलर्जीको खतरालाई न्यून गर्न सकिन्छ । नियमित सरसफाई गर्ने, स्वस्थ्यकर, पोषिलो खानपिनबाट शारीरिक क्षमता बढाउनाले पनि वस्तुप्रति छालाले देखाउने प्रतिक्रिया कम हुँदै जान्छ ।

प्राकृतिक वातावरण्संग घुलमिल रहनाले छालालाई स्वस्थ्य राख्न सकिन्छ । हावाको राम्रो प्रवाह भएको ठाउँमा बस्ने, कटन ( सुति) को कपडाहरु प्रयोग गर्ने । कस्मेटिक समानहरुको कम प्रयोग गर्ने, यसरी सतर्कता अपनाउन सकेमा पनि एलर्जीबाट बच्न सकिन्छ ।

उपचार- आधुनिक चिकित्सा एलोप्याथिमा यसरोगको कुने खासै उपचार छैन । कुन कुराले आफूलाई एलर्जी भएको हो, त्यस्ता वस्तुबाट टाढा बस्नेबाहेक अरु कुनै उपाय छैन । एलर्जी पूर्ण निको हुने रोग होइन । पटकपटक दोहोरिरहन सक्छ । तर होसियारी गरेमा रोकथाम गर्न भने सकिन्छ ।

वैकल्पिक चिकित्सा आयुर्वेदिक, होमियोप्याथिक, युनानीमा यसको उपचार सम्भव छ । योग्य तथा अनुभवी चिकित्सकको सल्लाह अनुसार निम्न लिखित औषधिहरुको प्रयोग गरेमा एलर्जीलाई जरैबाट निर्मुल पार्न सकिन्छ । औषधीहरुमा जस्तै आर्सेनिक एल्वम, सल्फर, रसटक्स, एन्टिम क्रुड, आर्टिका युरेन्स, हिस्टामिन, नेट्रम म्युर, सिपिया, कार्बोभेज, नक्स वोमिका, एपिस मेलिफिका, एलिएन्थस, पल्साटिला आदी ।

प्रकाशित : श्रावण १८, २०७४ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?