कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्जाम फोबियाबाट छुटकारा पाउने उपायहरु

डा. लालित कुमार मिश्र

काठमाडौं — अचेल दिनहुँ जसो कुने न कुनै प्रकारको परीक्षा चलि नै रहेको हुन्छ । चाहे त्यो स्कुलको होस या मेडिकल ईन्ट्रान्स, कोरियन वा जर्मन या अग्रेजी भाषाको परीक्षा नै किन न होस । परीक्षार्थीहरुको बीच हाल परीक्षाकै बारेमा कुरा चलिरहेको हुन्छ । अभिभावकहरु पनि आ-आफ्नो परिक्षार्थी (छोरा-छोरी) हरुको परीक्षालाई लिएर चिन्तित् छन् । कसरी यिनीहरुको परिक्षा राम्रो होला भनेर ।

एक्जाम फोबियाबाट छुटकारा पाउने उपायहरु

परीक्षामा राम्रोअकं ल्याएर पास गरुन् भन्ने चाहना हरेक छात्र-छात्राहरुमा हुन्छ । परीक्षामा कसरी राम्रो नम्बर ल्याएर आफ्ना आमा-बाबु/अभिभावकले आफुसंग राखेको अपेक्षालाई पुरा गर्ने तथा उनीहरुको नजरमा प्यारो

भई रहने भन्ने पनि उनीहरुमा रहेका हुन्छ । कसैको लागि यो परीक्षा बर्षभरीको मेहनतको फलको साथै जीवनमा प्रगतिको खुड्किलो हुन्छ भने कसैको भबिष्यको निर्धारण गर्ने आधार पनि । परीक्षाको समय आउँदा केहि

परिक्षार्थीहरुको लागि अनेक किसिमका मानसिक एवं शारीरिक समस्याहरु पनि सगैं लिएर आउछन् भन्दा अतियुक्ति नहोला ।

परीक्षाको डरले परिक्षार्थीहरुमा हुने शारीरिक एवं मानसिक समस्याहरुलाई चिकित्सकीय भाषामा 'एक्जाम फिवर या फोबिया' भनिन्छ । यसमा परिक्षार्थीहरुमा अनेक किसिमको शारीरीक एवं मानसिक समस्याहरु

ऊत्पन्न हुन सक्छन् । जस्तै, पढ्ने बेलामा मन एकाग्र नहुनु । परीक्षा कोठा कालकोठरी जस्तो लाग्नु । परीक्षा हलमा प्रवेश गर्नुभन्दा अगावै घबराहट, बेचैनी हुनुको साथै जिउ सिरिंग हुन थाल्नु, पसिना आउनु, घरी-घरी

पिसाव लाग्ने वा दिशा लाग्ने समस्या हुनथाल्नु, राम्रोसंग याद गरेको कुरापनि बिर्सिनु, निन्द्रा न लाग्नु, फेल भईन्छ कि भन्ने डरलाग्नु वा चिन्ता ले सताउनु आदि यसका लक्षण हुन् ।

यस किसिमको एक्जाम फिवरको समस्याबाट किशोर-किशोरीहरु मात्र होईन कि स्कुले केटाकेटीहरु पनि प्रभावित हुन्छन् । यिनीहरुमा पनि परीक्षाको समयमा टाउको दुख्ने, ज्वरोआउने, बान्ताआउने, पेट दुख्ने आदि

समस्याहरु देखिन्छन् । यसबाट लगभग ३० देखि ४०% प्रतिशत छात्र-छात्राहरु प्रभावित हुन्छन् ।

कारण

परीक्षामा राम्रोअकं ल्याएर पासहुने दबाव यसको सबैभन्दा ठुलो कारण हो । यस किसिमको दबाव प्राय गरी अभिभावकद्वारा दिइने गरिन्छ । जसले गर्दा केटा-केटीहरु परीक्षाको दौरान आफुलाई एउटा कोठमा बन्द गरेर राख्छन् । परीक्षाको समयमा यिनीहरुको खाने, पिउने, सुत्ने एवं दैनिकी नै बदलिन्छ । यो स्थिति पनि ठिक होइन । परीक्षाको समयमा केटा-केटीहरु कोठामा बन्द कैदी झै भएर बस्नुको सट्टा पढाईको साथ साथै थोरबहुत घुमफिर पनि गर्ने तथा मनोरन्जन पनि गर्नु आवश्यक छ ।

लक्षण

एक्जाम फिवरमा परिक्षार्थीहरुमा देखिने मानसिक एवं शारीरिक लक्षण ब्यक्तिको पर्सानालिटी अनुसार भिन्ना-भन्नै हुन सक्छ । पेट दुख्नु, वाक्वाकी लाग्नु, मुटुको धड्कन बढ्नु, अत्याधिक पसिना आउनु, गम्भिर रुपले टाउको दुख्नु आदि जस्ता शारीरिक लक्षणहरु देखिनु सामान्य कुरा हुन् । यसबाहेक भावनात्मक लक्षणहरुमा एकाग्रतामा कमि हुनु, याद गरेका कुराहरु बिर्सिनु, याद राख्न नसक्नु, असफलताको डर, आफुमा आत्मबिश्वासको कमिहुनु , उदास हुनु आदि देखिन्छन् ।

सुझाव: अभिभावकले आफ्ना परिक्षार्थी (छोरा-छोरी) को धैर्य तथा हिम्मत र हौसला बढाउनुमा सहायता गर्ने । अन्य केटा-केटीहरुसंग आफ्नो बच्चाको तुलना नगर्ने । उसको पर्फर्मेन्सलाई हेर्ने र मुल्याकंन गर्ने । हेलिकप्टरमा उडेर राउन्ड मारे झैं परिक्षार्थीको वरिपरी नघुम्ने । परिक्षाको बिषयलाइ लिएर धेरै दबाव दिनुहुदैन किनभने तपाईको दबावले गर्दा यिनीहरुमा तनाव बढ्छ । जसले गर्दा उनीहरुलाई परीक्षाको दौरान अनेक किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ । डराउनु पर्दैन भनि हौसला दिने, उचित सल्लाह दिने । तपाईको भावनात्मक सहयोग उसको लागि ठुलो औषधि बन्दछ । तर, कहिले कहि राम्रो सल्लाह सुझाव दिएपनि परिक्षार्थीहरुको मनमा रहेको परिक्षाको भुत जाँदैन मन भित्रै रहिरहन्छ । यस्तो अवस्थामा परिक्षार्थीलाई उचित औषधि उपचारको आवश्यकता पर्दछ ।

मनोवैज्ञानिकचिकित्सा

एक्जाम फिवर अर्थात परीक्षाको भय हुनु, एक किसिमको साईकोसोमेटिक (मनोदेहिक) समस्या हो । बेलैमा यसको उपचार गरेमा सजिलेसित यो समस्याबाट छुटकारा पाउन सकिन्छ । मनोवैज्ञानिक उपचार अन्तर्गत काउन्सिलिङ तथा संज्ञानात्मक व्यवहार चिकित्सा यसको लागि राम्रो उपचार बिधि हो । यसको लागि मनोबैज्ञानिक परामर्शदातासंग भेटेर सल्लाह लिनुपर्दछ ।

होमियोप्याथिक चिकित्सा

नर्वसनेस तथा स्मरण शक्तिको समस्याको उपचारमा यो चिकित्सा विधि प्रभावशाली छ किनभने उपचारको क्रममा मानसिक लक्षणलाई नै यसमा बढि प्राथमिकता दिईन्छ। परीक्षाको दौरान हुने समस्याहरुबाट सहज रुपमा छुट्कारा दिलाउने अनेकौ प्रभावकारी औषधिहरु होमियोप्याथिकमा उपलब्ध छन् । यसका औषधिहरुको सबैभन्दा विषेशता के होभने यसको सेवनले शरीरमा कुनैपनि किसिमको कु-प्रभाव (साईड इफेक्ट) पनि हुदैन ।

(१) यदी परीक्षा दिन जाने बेलामा डर लाग्छ भने ‌लाईकोपोडियम या साईलिसियाको प्रयोग गर्न सकिन्छ ।
( २) यदि परीक्षाको बेला टाउँको दुखने , घरि-घरि पिशाव लाग्ने, पातलो दिशा लाग्नुका साथै घबराहट हुने जस्तो समस्या देखिएमा जेल्सिमियम या आर्जेन्टम नाईट्रिकमको प्रयोग लाभदायक हुनसक्छ ।

(३) परीक्षाको दिन नजिक आउँदा धेरैजसो परिक्षार्थीहरुलाई निन्द्रा न लाग्ने समस्या देखिन्छ । यस किसिमको अवस्थामा नक्स भोमिका नामक औषधिले प्रयोग लाभदायक हुन्छ ।

(४) परीक्षाको पुर्णरुपले तयारी गरिसके पश्चात पनि यस्तोलाग्छ कि केहि याद छैन, यस किसिमको लक्षणदेखिएमा एनाकार्डियम या कालिफाँसको प्रयोग लाभदायक हुन्छ ।

यसबाहेक पनि सिम्पटमस् अनुसार जिकंममेटालिकम, पिक्रिक एसिड, ईथुजा आदि औषधिहरुको प्रयोग गर्न सकिन्छ । यसरी होमियोप्याथिक औषधिहरुले परिक्षार्थीको दिमागमा रहेको परिक्षारुपी भुतलाई हटाउनुका साथै परीक्षाको बेलामा उसलाई पुर्णरुपले साथ दिन्छ र विद्यार्थीलाई सफलता दिलाउनमा पुरा सहयोग गर्दछ । तर, ध्यान राखनुस्, होमियोप्याथिक औषधिहरुको सेवन प्रशिक्षित तथा काउन्सिलमा दर्ता भएको स्थानीय

कुनै होमियोप्याथिक चिकित्सकको सल्लाह लिएर मात्र सेवन गर्दा लाभदायक हुन्छ ।

परिक्षार्थीहरुलाई सुझाव

परिक्षार्थीहरुले जाँचबाट डराउनु हुँदैन । परीक्षाको समय बिषयलाई एक पटक रिकल (दोहोर्‍याउनु) राम्रो हुन्छ । यसको लागि विषयवस्तुलाई आफ्नो रुचिअनुसार सरलढंगले कसरी हुन्छ याद गर्ने । पुरा मेहनत र लगनका साथ खेल भावनाले परीक्षा दिनुपर्छ । केहि छात्र-छात्राहरु परीक्षाको दौरान बढि तयारी गर्नको लागि निन्द्रा नलाग्ने किसिमको औषधि खान्छन्। जुन स्वास्थ्यको लागि राम्रो हुँदैन हानिकारक हुन्छ ।

खानपान
परीक्षाको बेला खानपान मा बिषेश ध्यान दिनुपर्छ । तारेको भुटेको, फास्टफुड खानु हुँदैन किन भने यसको सेवनले अल्छिपन ल्याउनुका साथै पेटपनि खराब हुने डर भईरहन्छ । समयमा हल्का, पौष्टिक, सुपाच्य सन्तुलित भोजन गर्ने । दुध, बादाम, मेवा, जुस आदि लिईरहने। हरियो साग सब्जि, सिजन अनुसारको फलफुलहरु बढि खाने । शुद्ध पानी प्रशस्त मात्रामा पिउने । गुलियो खानेकुरा चिया, कफि, कोक, फेन्टा, नखाने । नियमित रुपले व्यायाम गर्ने । परीक्षाको तनावसंग समन्वय गर्नको लागि लामो-लामो स्वास लिने, ध्यान र योगाभ्यास, कपालभाति, अनुलोमबिलोम गर्ने । सकारात्मक सोच तथा आत्मविश्वास कायम राख्ने । छात्र-छात्राहरुको आत्मविश्वासले नै उनीहरुको पर्फर्मेन्सको स्तरलाई श्रेष्टतम् बनाउन सक्छ । यि कुराहरुले पनि तनावलाई केहि हदसम्म कम गर्नमा मद्दत गर्दछ ।
अस्तु
Email;- [email protected]

प्रकाशित : श्रावण २६, २०७४ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?