कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैनिक ६ को मुटुको शल्यक्रिया

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले फागुन १ गतेदेखि बाथ मुटु रोगका लागि भल्ब फेर्न, मर्मत गर्ने या शल्यक्रियासहितको उपचार नि:शुल्क गर्ने व्यवस्था गरेकोमा यसको प्रभावकारिता देखिएको छ ।

मुटुको नि:शुल्क भल्ब फेर्ने व्यवस्था विपन्नका लागि ठूलो राहत साबित भएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. जोतिन्द्र शर्माले बताए । गत आर्थिक वर्षमा बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट २२ सय २४ जना विपन्नले नि:शुल्क रूपमा मुटुको शल्यक्रिया गरे । यसका लागि सरकारले २१ करोड ६८ लाख सात हजार खर्च गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै, केन्द्रबाट चार सय ६५ जनाको भने मुटुको साँघुरिएको भल्ब खुलाइएको केन्द्रका आर्थिक प्रशासक विमल उप्रेतीले बताए । सात सय ८७ जना १५ वर्षमुनिका बालबालिकाका भने नि:शुल्क रूपमा मुटुको भल्ब फेरिएको केन्द्रको तथ्यांक छ ।

त्यस्तै, नि:शुल्क रूपमा मुटुको शल्यक्रिया गर्ने ७५ वर्षमाथिका नागरिक भने चार सय ६५ जना पुगेको प्रशासक उप्रेतीले बताए । मुटुको शल्यक्रिया गर्ने, भल्ब फेर्ने र बन्द भएका भल्बमा जाली राख्ने गरी गत आर्थिक वर्षमा सात हजार ७ सय १५ जनाले नि:शुल्क उपचार लिएको केन्द्रको तथ्यांक छ । दैनिक ६ जनाको मुटुको शल्यक्रिया हुने केन्द्रको तथ्यांक छ ।

‘बिरामीको चाप यति धेरै छ, आगामी फागुन महिनासम्मका लागि शल्यक्रिया गर्ने बिरामीको नाम दर्ता भइसकेको छ,’ उप्रेतीले भने । नेपालमा बाथ मुटु रोगकै कारण युवाहरूले पनि उपचार खर्चको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, धेरैलाई रोगकै कारण रोजगारी गुमाउनुपर्ने उपचारका लागि घरखेत नै बेच्नुपर्ने बाध्यता थियो । ‘ती सबैले सहजै उपचार पाएका छन्, अस्पतालमा बसुन्जेल नि:शुल्क औषधि सेवन गर्न पाएका छन् ।

प्रकाशित : कार्तिक १, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?