कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ता छन् सखरखण्डको फाइदा

कान्तिपुर संवाददाता

काठमाडौं — सहरमा बस्ने धेरैजसो मानिसलाई सखरखण्ड भनेको के हो भन्ने थाहा नहुन सक्छ । तर, ‘स्विट पोटेटो’ भन्दा उनीहरूका आँखाअघि यसको चित्र आउन सक्छ ।

यस्ता छन् सखरखण्डको फाइदा

सखरखण्ड ऊर्जाको धेरै राम्रो स्रोत हो । आयुर्वेदअनुसार, यो जाडोमा बढी लाभदायक हुन्छ । किनभने जाडो याममा कन्दमूल बढी फाइदाजनक मानिन्छ । कन्दमूलले हाम्रो शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।

पोषक तत्त्वले भरिपूर्ण सखरखण्डको सेवनले धेरै फाइदा मिल्छ । यसमा क्यालोरी र स्टार्चको सामान्य मात्रा हुन्छ, स्याचुरेटेड फ्याट र कोलेस्टोरोलको मात्रा नभए बराबर हुन्छ । सखरखण्डमा फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ ।

सखरखण्ड उच्च मात्रामा स्टार्च भएको खाद्यपदार्थ भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।

यसको सेवनले छालामा चमक आउँछ । छालालाई तरोताजा बनाउन यो धेरै लाभदायक मानिन्छ ।

यसको नियमित सेवनले छालामा चाउरी आउन कम हुने मान्यता छ ।

यसमा डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुन्छ, जसले रगतलाई बढाउँछ । यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ । यसैले यो मधुमेहको बिरामीका लागि निकै राम्रो मानिन्छ ।

रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ । यसको उपयोगले रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन । यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथै मृगौलालाई स्वस्थ राख्न महत्त्वपूर्ण योगदान दिन्छ ।

भिटामिन बी ६ ले परिपूर्ण यसले शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ । अमिनो एसिडको मात्रा बढ्दा रोगको जोखिम पनि बढ्ने गर्छ ।

सखरखण्डमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको सेवनबाट फाइदा पुग्छ । यसमा भिटामिन ए पनि प्रशस्त हुन्छ । यसको सेवनले शरीरलाई ९० प्रतिशतसम्म भिटामिन ‘ए’ को परिपूर्ति हुन्छ ।

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?