कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा १४ प्रतिशतलाई अस्टियो आर्थराइटिस

काठमाडौं — भारतका १८ करोड व्यक्ति आर्थराइटिसले प्रभावित छन् । यो संख्या मधुमेह, क्यान्सर, एड्सजस्ता रोगको तुलनामा बढी हो ।


भारतको करिब १४ प्रतिशत जनसंख्या जोर्नीमा हुने उक्त रोगको उपचारका लागि बर्सेनि चिकित्सकको सहयोग लिन्छन् ।
सन् २०२५ सम्म भारतमा अस्टियो आर्थराइटिसको संख्या ६ करोडसम्म पुग्ने अनुमान गरिएको छ । यसो भएमा भारत उक्त रोगको राजधानीको रूपमा देखिने छ ।
भारतीय डाइग्नोस्टिक शृंखला एसएलआर डाइग्नोस्टिकद्वारा आर्थराइटिसमा गरिएको एउटा विश्लेषणमा पुरुषको दाँजोमा महिला रुमेटौयड अर्थराएटिसबाट बढी पीडित रहेको पाइएको छ ।
विश्लेषणले यो पनि थाहा पाइएको छ कि भारतको उत्तरी क्षेत्रको दाँजोमा पूर्वी क्षेत्रमा आर्थराइटिसको बिरामीमा सीआरपी स्तर (जोर्नीको सुन्नाइ) बढी हुनु तथा जोर्नीको सुन्नाइ आम छ ।
यस्तै युरिक एसिडको स्तर उत्तरी क्षेत्रमा पूर्व क्षेत्रको दाँजोमा बढी पाइएको छ । युरिक एसिडको असामान्य स्तरले गँठियालाई बुझाउँछ ।
एसआरएलका अनुसार ४० वर्षको उमेरपछि बिरामीमा ईएसआर (५६.७१ प्रतिशत, ६१ देखि ८५ वर्ष), सीआरपी (८०.१३ प्रतिशत ८५ भन्दा बढी उमेर), आरएफ (१२.७७ प्रतिशत, ६१–८५ वर्ष), र यूए (३४.७६ प्रतिशत , ८५ भन्दा बढी वर्ष), को स्तर असामान्य पाइयो ।
यो तथ्यांक जनवरी २०१४ देखि पछिल्लो साढे तीन वर्षको समयमा अर्थराइटिसको परीक्षणका लागि ६४ लाख नमुनामा आधारित छ ।
हाड र जोर्नीको रोगको निदानका लागि सामान्यत: एक्स–रे, सीटी स्क्यान, एमआरआई र डेक्सा स्क्यानको उपयोग गरिन्छ । त्यही रोगको स्क्रिनिङ एवं मनिटरिङका लागि थुप्रै अन्य प्रयोगशाला परीक्षण उपयोगमा लिइन्छ ।
आर्थराइटिसको सबैभन्दा प्रचलित रूप अस्टियो अर्थराइटिसले भारतमा बर्सेनि १.५ करोड वयस्कलाई प्रभावित गर्छ । यस रोगको वृद्धि दर २२ देखि ३९ प्रतिशत छ । योबाहेक भारतीय बस्तीमा गँठिया र रुमेटाइड अर्थराइटिस पनि सामान्यत: पाइन्छ । अस्टियो अर्थराइटिस धेरैजसो महिलामा बढी पाइन्छ र उमेर बढ्नुसँगै यसको सम्भावना बढ्छ ।
अध्ययनमा ६५ वर्षभन्दा बढी उमेरका करिब ४५ प्रतिशत महिलामा यसको लक्षण देखियो । ६५ वर्षभन्दा बढी उमेरका ७० प्रतिशत महिलामा यसको रेडियोलजिकल प्रमाण पाइयो ।
अध्ययनअनुसार, रुमेटोइड आर्थराइटिसले सामान्यत: जोर्नीको छेउछाउमा उपस्थित तन्तुलाई प्रभावित गर्छ । सामान्यत: वयस्कमा पाइने यो रोगले भारतको ०.५ प्रतिशतदेखि १ प्रतिशत जनसंख्यालाई प्रभावित पारिरहेको छ । महिलामा यसको समस्या तीन–चार गुणा बढी पाइन्छ । यसको सुरुवात प्राय: ३५–५५ वर्षको उमेरमा हुन्छ ।
अध्ययनअनुसार, इन्फलामेट्री आर्थराइटिसको सबैभन्दा सामान्य रूप गँठियाको सम्भावना पुरुषमा तीन–चार गुणा बढी हुनुका साथै यो ५० वर्ष या बढी उमेरकालाई हुन्छ ।

प्रकाशित : मंसिर २३, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?