एन्टिबायोटिक्स प्रतिरोध : बढ्दो चुनौती

डा. सुरेन्द्र कार्की

सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएको पेनिसिलिन एन्टिबायोटिक्स औषधी १९४० को दशकमा व्यावसायिक रूपमा बजारमा उपलब्ध हुनथालेसँंगै संक्रमणको कारण हुने मानिस र पशुपन्क्षीको मृत्युमा नाटकीय रूपमा कमी आएको थियो ।

त्यसयता विकसित मुलुकहरूले अनुसन्धानमा गरेको ठूलो लगानी र अनुसन्धानकर्मीहरूको अथक प्रयासको परिणामस्वरूप विभिन्न समूहका थप एन्टिबायोटिक्स र अन्य औषधीसमेत अहिले बजारमा उपलब्ध छन् । यिनै विभिन्न एन्टिमाइक्रोवियल्स औषधीको सहज उपलब्धताको कारण आज मानिस र पशुपन्क्षीले संक्रमणको कारण हत्तपत्त ज्यान गुमाउन पर्दैन । तर यस्ता एन्टिमाइक्रोवियल्स औषधीहरू विशेषगरी एन्टिबायोटिक्स विरुद्घ जीवाणुले प्रतिरोध क्षमता अपेक्षाभन्दा छिटो–छिटो विकास गरिरहेको हुंँदा क्रमश: कम प्रभावकारी हुंँदै गइरहेको अनुसन्धान विश्वका उत्कृष्ट जर्नलहरूमा एकपछि अर्को गर्दै प्रकाशित भइरहेका छन् । अहिलेकै गतिमा एन्टिबायोटिक्स विरुद्घ जीवाणुहरूको प्रतिरोध क्षमता बढ्दै जाने हो भने छिट्टै संसार कतै प्रभावकारी एन्टिबायोटिक्सविहीन हुने त होइन भन्ने चिन्तासमेत व्यक्त हुनथालेका छन् । हरेक वर्ष विश्वभर ४ लाख ८० हजारभन्दा बढी त औषधी प्रतिरोधी क्षमता भएका क्षयरोगका बिरामीहरू देखा परिरहेका छन् । 

मूलत: जीवाणुले औषधी विरुद्घ प्रतिरोध क्षमताको विकास गर्न प्राकृतिक र मानव सिर्जित वातावरण दुवै महत्त्वपूर्ण छन् । प्राकृतिक कारणमा जीवाणुहरूमा निरन्तर भइरहने अनुवांशिक परिवर्तनको कारण लामो समयसम्मको प्रयोगपश्चात औषधीहरू क्रमश: कम प्रभावकारी हँुंदै जानु एउटा स्वाभाविक प्रक्रिया हो । तर अहिलेको चासो र चिन्ताचाहिँ मानव सिर्जित वातावरणको कारण जीवाणुहरूले गरिरहेको अस्वाभाविक छिटो–छिटो प्रतिरोध क्षमताको विकास हो । मानव सिर्जित कारणमा एन्टिबायोटिक्स औषधीहरूको अत्यधिक र जथाभावी प्रयोगलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । पेनिसिलिनका आविष्कारक फ्लेमिङले १९४५ मै नोबेल पुरस्कार ग्रहण गर्दा यो सम्भावनालाई औल्याउंँदै भनेका थिए– ‘विश्वमा एकदिन यस्तो समय आउनेछ, जहांँ पेनिसिलिन सहज रूपमा हरेक पसलमा खरिद गर्न पाइनेछ र अज्ञान व्यक्तिले चाहिनेभन्दा कम मात्रामा प्रयोग गरी जीवाणुहरूलाई प्रतिरोधी बनाउन मद्दत गर्नेछन् ।’ ७ दशकअघि फ्लेमिङले भनेका कुरा अहिले वास्तविकतामा परिवर्तन हुंँदै गइरहेको देखिन्छ । त्यसैगरी व्यावसायिक पशुपन्क्षी पालनमा विभिन्न रोगको उपचार र नियन्त्रणको लागि अत्यधिक मात्रामा एन्टिबायोटिक्स औषधीको प्रयोग हुने र त्यस्ता पशुपन्क्षीको उत्पादन मानिसले प्रयोग गर्दा रहलपहल एन्टिबायोटिक्स न्यून डोजमा मानिसले खपत गर्ने सम्भावना हुनेहुंँदा जीवाणुले प्रतिरोधी क्षमता विकास गर्ने सम्भावना हुन्छ । वातावरण र पशुपन्क्षीहरूको हेरचाहमा संलग्नहरूसमेत प्रतिरोधी जीवाणुहरूबाट संक्रमित हुन सक्छन् । यही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले व्यावसायिक पशुपन्क्षी पालनमा छिटो हुर्काउनको लागि स्वस्थ पशुपन्क्षीहरूमा गरिने एन्टिबायोटिक्सको प्रयोगलाई निरुत्साहित र बन्द गर्न आह्वान गरेको छ । विश्व पोल्ट्री काउन्सिलले विश्व स्वास्थ्य संगठनको सिफारिसमा पर्याप्त वैज्ञानिक आधार नभएको भन्दै आपत्ति जनाएको छ ।
थोरै मात्रामा भए पनि गरिएका विभिन्न अनुसन्धान र रिपोर्टहरूले नेपालमा पनि अन्य मुलुकमा जस्तै एन्टिबायोटिक्स प्रतिरोध क्षमता विकास हँुंदै गइरहेको देखाएका छन् । बढ्दो रूपमा औषधी प्रतिरोधी क्षयरोगका रोगीहरू भेटिँदै जानुले यो समस्या बढ्दै गएको प्रस्ट हुन्छ । क्षयरोगको लागि लामो समयसम्म औषधी सेवन गर्नुपर्ने तर केही बिरामीले हेलचेक्र्याइँ गरिदिने र कोर्ष पूरा नगरी औषधी खान छोडिदिँंदा पनि यो समस्या बढ्दै गएको हो । क्षयरोगको अलावा टाइफाइड विरुद्घ प्रयोग गरिने एन्टिबायोटिक्स र अन्य नयाँं केही पछिल्ला समयका एन्टिबायोटिक्समा समेत प्रतिरोध क्षमता विकास हँुंदै गएका प्रमाण फेला परेका छन् । नेपालमा एन्टिबायोटिक्स औषधीहरूसमेत लाइसेन्स प्राप्त चिकित्सकको सिफारिसविना सजिलै औषधी पसलमा किन्न पाइने हँुंदा एन्टिबायोटिक्स आवश्यक नै नपर्ने बिरामीहरूले पनि यसको खपत गरिरहेका हुन्छन् । उदाहरणको लागि भाइरसजन्य रुघाखोकीमा समेत कैयन मानिसले अनावश्यक रूपमा एन्टिबायोटिक्स प्रयोग गरिरहेका हुन्छन् । 
जति औषधी खुवाए पनि निको हँुंदैन भन्ने किसानको बरोबरको गुनासोको पछाडि औषधी प्रतिरोध क्षमता कम भएको हुनसक्छ । आउंँदो केही वर्षमा अन्डा, मासु र दूध उत्पादनमा आत्मनिर्भर हुने सरकारी योजना र अनुदानमा आधारित पशुपालनसंँग सम्बन्धित ठूला आयोजनाका कारण व्यावसायिक पशुपन्क्षी फार्मको विस्तारको सम्भावना टड्कारो छ । यसले गर्दा एन्टिबायोटिक्सको प्रयोग स्वाभाविक रूपमा त्यही स्तरमा बढ्नेछ । आवश्यक अनुगमन गर्न र एन्टिबायोटिक्सको सही र उचित प्रयोगबारे समयमै सचेतना फैलाउन नसकेमा यसले भोलि अर्को समस्या ननिम्त्याउला भन्न सकिन्न । 
नयाँ र प्रभावकारी एन्टिबायोटिक्सको विकास एकदमै गाह्रो र महङ्गो प्रक्रिया हो । वैज्ञानिकहरू त्यसका लागि निरन्तर प्रयत्नशील छन् । तर अहिलेको आवश्यकता भनेको भएका एन्टिबायोटिक्स औषधीको जिम्मेवारीपूर्वक प्रयोग गरी यिनीहरूको आयु लम्ब्याउनु हो । यसको लागि एन्टिबायोटिक्सको प्रयोगलाई नियमन गरी मानिसमा दक्ष स्वास्थ्यकर्मीको र पशुपन्क्षीमा दक्ष पशु स्वास्थ्यकर्मीको सिफारिसमा मात्र किन्न पाउने कानुनी व्यवस्था गरी कार्यान्वयन गर्न जरुरी छ । 

Yamaha

प्रकाशित : मंसिर २८, २०७४ ०७:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हेटौंडा उपयुक्त : वाम गठबन्धन

कान्तिपुर संवाददाता

हेटौंडा — संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुरले प्रदेश ३ को राजधानी हेटौंडा बनाउनुपर्ने माग गरेको छ ।


जिल्लाका जनताको भावनाअनुरूप राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय तहको सरकारका तर्फबाट हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राजधानी बनाउन सरोकार समितिसमेत गठन गरी माग गरिँदै आएको छ । ‘वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउनका लागि तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : मंसिर २८, २०७४ ०७:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT