कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलो टेक

फेसबुकले दोस्रो न्युजफिडको परीक्षण गरिरहेको छ । एन्ड्रोइड र आईओएस डिभाइसमा फेसबुक एप प्रयोग गर्ने केही प्रयोगकर्ताले यसको छनक पाएका छन् । उनीहरूले आफ्नो फेसबुक न्युजफिडको तल नयाँ रकेट आइकन फेला पारेका छन् ।

हेलो टेक

फेसबुकमा दोस्रो न्युजफिडको तयारी


यसमा प्रयोगकर्ताहरूलाई उनीहरूको रुचि हुन सक्ने सामग्री दिने गर्न थालिएको छ । यसमा प्रयोगकर्ताले आफ्नो समूह वा साथीको लिस्टमा नरहेका व्यक्तिले पोस्ट गरेको सामग्री पनि देख्न सक्नेछन् । फेसबुकले यसलाई वैकल्पिक न्युजफिड भनेको छ जसमा प्रयोगकर्ताको व्यक्तिगत रुचि हुन सक्ने भिडियो र फोटोसहितको कन्टेन्ट राखिएको हुनेछ । यस्तो न्युजफिड प्रत्येक व्यक्तिका लागि फरक–फरक कन्टेन्टसहितको हुनेछ । दुई साता यतामात्रै फेसबुकले आफ्नो न्युजफिडमा स्टोरी र डाइरेक्ट फिचर थपेको छ ।

अब ट्वीटर लाइट
ट्वीटरले स्लो इन्टरनेट चलाउने प्रयोगकर्तालाई लक्षित गरी ट्वीटर लाइभ फिचर सुरु गरेको छ । तर, यो फेसबुकले यस्तै प्रयोजनका लागि सार्वजनिक गरेको फेसबुक लाइटभन्दा भिन्न छ । ट्वीटर लाइटलाई कम्पनीले नयाँ वेब एक्सपेरियन्स भनेको छ ।
प्रयोगकर्ताले मोबाइल वा ट्याब्लेटमा भएको ब्राउजरमा मोबाइल डट ट्वीटर डट कम टाइप गरी यो नयाँ फिचर सुरु गर्न सक्छन् । लाइट चलाउनको लागि ट्वीटर एप डाउनलोड गरिरहनु पर्दैन र यसले कम डाटा खपत गर्ने कम्पनीको दाबी छ ।
ट्वीटरले आफ्नो ब्लगमा संसारभर मोबाइल डाटा प्रयोगकर्ताको ४५ प्रतिशतले टुजीभन्दा कम स्पिडमा डाटा चलाउने उल्लेख गरेको छ । डाटा बचतका लागि टाइमलाइनमा फोटो र भिडियो ब्लर देखिने बनाइएको छ ।

गुगल डुओमा अडियो कल
गुगलले केही साताअघि आफ्नो भिडियो कलिङ एप डुओमा अडियो कलिङ फिचर समावेश गर्ने घोषणा गरेको छ । यसै सातादेखि विश्वभरका प्रयोगकर्ताका लागि यो फिचर सुरु गरिएको छ । अडियो कलिङ फिचरसँगै गुगल डुओ भाइबर, ह्वाट्सएपसहितका एपसँग प्रतिस्पर्धा गर्न आइपुगेको छ । डुओमा अडियो कलिङ फिचर ब्राजिली प्रयोगकर्तामाझ परीक्षण गरेपछि सबैका लागि खुला गरिएको हो । 
गुगलले अघिल्लो वर्ष भिडियो कलिङका लागि डुओ र भ्वाइस मेसेजिङका लागि अल्लो एप घोषणा गरेको थियो । गुगल यी कम्युनिकेसन प्रडक्टसँगै बजारमा फेसबुकको म्यासेन्जर, एप्पलको फेसटाइमसहित अन्य कम्युनिकेसन एपसँग प्रतिस्पर्धा गर्न चाहन्छ तर उसको दुवै प्रडक्ट प्रयोगकर्ताले सोचेअनुरूप लोकप्रिय भने छैनन् । 

प्रकाशित : वैशाख ८, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?