१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

डेस्कटपमा इन्स्टाग्राम चलाउने सजिलो तरिका

फोटो सेयरिङका लागि इन्स्टाग्राम लोकप्रिय छ । यसले मोबाइल एपमा मात्रै फोटो अपलोडको सुविधा दिएको छ । तर, प्रयोगकर्ताले सामान्य ट्रिक प्रयोग गरी डेस्कटप वा ल्यापटपबाटै यसको प्रयोग गर्न सक्छन् ।
हेलो शुक्रबार

फेसबुक स्वामित्वको मोबाइल एप इन्स्टाग्राम नयाँ पुस्तामाझ निकै लोकप्रिय छ । फोटो सेयरिङ एपका रूपमा चर्चा कमाएको इन्स्टाग्राममा अहिले भिडियो सेयर गर्ने सुविधाबाहेक आफूले चाहेको व्यक्तिलाई मात्रै फोटो सेयर गर्ने सुविधा पनि छ, जसमा केही सेकेन्डमा फोटाहरू स्वत: डिलिट हुनेछन् ।

डेस्कटपमा इन्स्टाग्राम चलाउने सजिलो तरिका


प्रतिस्पर्धी एप स्न्यापच्याटबाट कपी गरिएको भनिएको स्टोरी फिचरका कारण स्न्यापच्याटको प्रयोगकर्ता उल्लेख्य बढेको रिपोर्ट सार्वजनिक भएको छ । स्न्यापच्याटमा अहिले ७० करोड प्रयोगकर्ता छन् । नेपालमा पनि पछिल्लो समय इन्स्टाग्राम निकै लोकप्रिय छ ।
इन्स्टाग्राम मोबाइल एपको अवधारणामा चर्चित भएको हो । यो डेस्कटपमा चलाउन प्रयोगकर्ताले त्यति रुचि नदेखाउनुको कारण मोबाइल एपमा आधारित यसको सुविधा हो । डेस्कटपमा चलाउन चाहनेले अरूको फोटो फेभरेट गर्ने र कमेन्ट गर्ने सुविधा पाउँछन् । साथै, आफूले चाहेको व्यक्ति वा सेलिब्रिटीको प्रोफाइल सर्च गर्नेसम्मको सुविधा मात्रै डेस्कटप भर्सनमा छ ।
इन्स्टाग्रामले डेस्कटपबाट फोटो अपलोड गर्ने सुविधा अहिलेसम्म दिएको छैन । डेस्कटपबाट इन्स्टाग्राममा फोटो पोस्ट गर्नका लागि अन्य सफ्टवेयर गर्ने बाध्यता प्रयोगकर्तामा रहिआएको छ । तर, प्रयोगकर्ताले सामान्य ट्रिक लगाएमा मोबाइलमा झैं इन्स्टाग्रामलाई डेस्कटपबाटै चलाउन सक्छन् ।
यहाँ विन्डोज प्रयोगकर्ताले डेस्कटपबाटै इन्स्टाग्राम चलाउने तरिकाबारे चर्चा गरिएको छ ।
डसर्वप्रथम गुगल क्रोम ब्राउजर खोल्नुहोस् ।
डआफ्नो इन्स्टाग्राम एकाउन्ट लग इन गर्नुहोस् ।
डमाउस राइट क्लिक गर्नुहोस् ।
डइन्स्पेक्ट अप्सनमा क्लिक गर्नुहोस् ।
डअब तपाईंले दायाँ भागमा डेभलपर अप्सन देख्नु हुनेछ ।
त्यहाँ देखिएको कोडको भागमध्ये देब्रे भागका सबैभन्दा माथि रहेको इलेमेन्ट्स अप्सनभन्दा बायाँ रहेको टगल डिभाइस टुलबार अप्सनमा क्लिक गर्नुहोस् ।
क्लिक गरेलगत्तै तपाईंले बायाँ भागमा इन्स्टाग्रामको मोबाइल भर्सन देख्नु हुनेछ ।
अब, आफूले चाहेअनुसार इन्स्टाग्रामको प्रयोग गर्नुहोस् ।
यसरी ब्राउजरमा खोलिएको इन्स्टाग्राममा सीमित सुविधा छन् । यसमा तपाईंले चाहेको फोटो डेस्कटपबाटै अपलोड गर्ने सुविधा हुन्छ र यसका लागि कुनै थर्ड पार्टी सफ्टवेयर प्रयोग गर्नुपर्ने छैन ।
यसरी चलाइएको इन्स्टाग्राममा फोटो अपलोड गर्ने सुविधाबाहेक अरूको प्रोफाइल हेर्ने, फोटो फेभरेट गर्ने र कमेन्ट गर्ने सुविधा हुनेछ । साथै, आफ्नो प्रोफाइल अपडेट गर्ने, प्रोफाइल पिक्चर चेन्ज गर्ने, एडिट गर्ने सुविधा पनि हुनेछ ।
आफ्नो मोबाइलमा इन्स्टाग्राम एप प्रयोग गर्न नचाहने र डेस्कटपबाट इन्स्टाग्राम प्रयोग गर्न चाहनेका लागि यो तरिका उपयुक्त हुन सक्छ । साथै, एकै समयमा एकभन्दा धेरै इन्स्टाग्राम एकाउन्ट प्रयोग गर्ने व्यक्तिका लागि पनि यो तरिका उपयुक्त हुन सक्छ ।
यसरी इन्स्टाग्राम चलाउँदा आफूले चाहेको साइज दिएर, आफूले हेर्न चाहेको साइजमा इन्स्टाग्राम चलाउन सकिन्छ । यसरी इन्स्टाग्राम चलाउँदा ओपन इन एप भन्ने नोटिफिकेसनले भने हैरान बनाउन सक्छ, प्रयोगकर्ताले यसलाई भने झेल्नुपर्नेछ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?