कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ मिनेटमा चार्ज हुने स्मार्टफोन आउँदै

हेलो टेक

अहिले स्मार्टफोन चार्ज गर्न आधादेखि एक घण्टाको समय लाग्छ । स्मार्टफोनको समस्या भनेकै यसको ब्याट्री चाँडै सकिनु हो । अबको केही वर्षमा भने यो समस्या नहुन सक्छ किनकि अब ५ मिनेटमै चार्ज हुने ब्याट्री भएको स्मार्टफोन अर्को वर्ष बजारमा आउन सक्छ ।

५ मिनेटमा चार्ज हुने स्मार्टफोन आउँदै


इजरायली कम्पनी स्टोरडटले पहिलो पटक सन् २०१५ मा ५ मिनेटमा चार्ज हुने ब्याट्री प्रदर्शन गरेको हो । त्यही कम्पनीले अहिले अर्को वर्षसम्म यस्तै ब्याट्रीसहितको स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ ।
कम्पनीले ल्याउने स्मार्टफोन कस्तो हुन्छ भन्ने सार्वजनिक नगरे पनि यसको ब्याट्रीले भने प्रयोगकर्तालाई आकर्षित गर्नेछ । स्टोरडटले आफूले बनाएको ब्याट्रीमा चाँडै विद्युतीय आयोन ट्रान्सफर हुने र यसले ब्याट्री चाँडै चार्ज गर्न सहयोग गर्ने जनाएको छ ।

एन्ड्रोइड ओ बेटा
गुगलले अहिले आफ्नो एन्ड्रोइडको पछिल्लो भर्सन नुगटको एन्ड्रोइडको बेटाभर्सन प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ जसमा प्रयोगकर्ताले नुगटको विभिन्न अपडेट सबै प्रयोगकर्तालाई उपलब्ध हुनुअघि प्रयोग गर्न पाउँछन् ।
अघिल्लो साता गुगलले एन्ड्रोइडको नुगटको सट्टामा एन्ड्रोइड एनको बेटा भर्सन ल्याउने घोषणा गरेको छ । गुगलले एन्ड्रोइडको नयाँ भर्सनलाई अंग्रेजी वर्णमालाको विभिन्न अक्षरले नामकरण गर्ने गरेको छ ।
अहिलेको भर्सनलाई नुगटलाई सुरुमा गुगलले सुरु एन्ड्रोइड एन नामकरण गरेको थियो । यस्ता अक्षरलाई चकलेटको नामले पूरा रूप दिने गरिन्छ । एन्ड्रोइड ओलाई के नाम दिइन्छ ? यो भने प्रयोगकर्ताकै चाहनामा निर्भर हुन्छ ।

आइफोनमा थ्रीडी क्यामरा
सामसुङले अघिल्लो महिना सार्वजनिक गरेको ग्यालेक्सी एस एटलाई टक्कर दिने खालको स्मार्टफोन अहिले बजारमा छैनन् । एप्पलले अघिल्लो वर्ष सार्वजनिक गरेको आइफोन सेभेनको बजार एस एटको आगमनले केही खस्केको रिपोर्ट सार्वजनिक भएको छ ।
यही वर्ष एप्पलले यही वर्ष आफ्नो आइफोनको नयाँ संस्करण आइफोन एट सार्वजनिक गर्दैछ । एप्पलले यसको क्यामराको निर्माण गर्ने जिम्मा कोरियाली कम्पनी एलजीलाई दिएको छ । एलजीले अहिले बजारमा रहेको आइफोन सेभेनको पनि क्यामरा निर्माणको जिम्मा पाएको थियो ।
एलजीको स्रोतलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार आइफोन एटको फ्रन्ट क्यामरामा थ्रीडी प्रविधिसहितको अनुहार पहिचान गर्ने प्रविधि रहनेछ जसका कारण व्यक्तिहरूको अनुहार पहिचानमा बढी शुद्धता रहनेछ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?