कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसनमा ‘नेपाल’

दिनेशजंग शाह

फेसन दुनियाँका लागि पेरिस पछि उम्दा मानिन्छ, न्युयोर्क । जसको विविधता नै अनुपम परिचय हो । यही विविधता नै खासियत हो, जसले न्युयोर्क फेसनलाई संसारमा पेरिस भन्दा पृथक रूपमा हेरिन्छ ।

 फेसनमा ‘नेपाल’

यसै पृथकताको कसीको नेपाललाई झल्काउने प्रयास हुदैछ्, न्युयोर्कमा । जसलाई अभियानको नाम दिईएको छ ‘वल्र्ड पिस एन्ड फेसन परेड ।’ चार बर्षदेखिको यो अभियान, अहिले स्टेजमा छाउन थालेको छ । विदेशी मोडेलहरू, बिशेषत अमेरिकी मार्फत नेपाली कला, पर्यटन र संस्कृतीलाई फेसन मार्फत पस्किदैछ । 


अभियानलाई नेतृत्व दिईरहका छन्, ३८ बर्षीय राजा घिमिरे । ‘फेसन मार्फत नेपाललाई चिनाउ भन्ने हाम्रो ध्येय हो,’ घिमिरेले भने, ‘जसका लागि नेपाली सुन्दरतालाई अन्तर्राष्ट्रिय फेसन परेडमा पस्किदैछौं ।’ अभियानलाई निरन्तरता हो, आगामी सेप्टेम्बरमा, अर्काे वल्र्ड पिस फेसन परेड हुँदैछ । सयुक्त राष्ट्र संघको ७२ औं महासभाको अवसरलाई छोपिएको छ । फेसन दुनियाको अदभुत स्टेज एवम मंहगो मानिने प्लाजा होटललाई स्थान छनोट गरिएको छ । 
नारालाई केही परिमार्जित गरिएको छ, ‘फेसन फर पिस एन्ड फेसन फर म्युजिक ।’ एक लाख दस हजार डलर लगानी हुनेछ । नेपाली पहिरहन एवम कलात्मक प्रस्तुतीलाई स्टेजमा उतारिनेछ । मुलत: श्वेत, अश्वेत अमेरिकी मोडलहरू नै उत्रनेछन् । फरक हुनेछ त केवल, उनीहरूको नेपाली पहिरन एवम प्रस्तुतीमा । घिमिरेले थपे, ‘पाँच जना नेपाली मोडेललाई पनि स्थान दिईने योजना छ ।’ सो लाई मध्यनजर गर्दै परेडको ‘एप्स’ को निमार्ण गर्दैछन्, उनी । 
एप्सले मोडेल, डिजाईनर बारे विस्तृत जानकारी दिनेछ । यो अभियानकै एक सफल अध्याय हुनेमा उनी आशावादी छन् । सो पहिले नै एप्स लन्च गर्ने योजनामा छन् । न्युयोर्कको नेपाली बस्तीमा सानोतिनो व्यापार, व्यवसाय गथ्र्ये, घिमिरे । सन २०१३ मा योजना बनाए उनले, फेसन दुनियाँमा छिर्ने । पछाडि फर्किदै भने, ‘सातामै दर्जनौं दर्जन फेसन सो हुने न्युयोर्कमा मैले आफनो भाग्य अजमाउने सपना बुने । केही बर्षको अध्ययन, अनुसन्धान पछि, म होमिए । अहिले पछुतो छैन् ।’ 


उनी हौसिएका छन्, निकटमै फेसनले पैसा फलाउने छ । तीन वर्षको मिहिनेतपछि, गत वर्षको भ्यालेन्टाईन डे मा ‘वल्र्ड फेसन परेड’ गरियो । परेडको थलो थियो, टाइम्स स्क्वायरको ‘क्राउन प्लाजा’ होटल । पन्चकन्यालाई ‘रंगीन विश्व’ को रूपमा प्रस्तुत गरियो । मादलको धुनमा दौरा सुरुवालमा सजिएका अमेरिकी हिप्पीहरू स्टेजमा उत्रिए । मोडलहरूले नेपाली धोती चोलीमा क्याटवाक गरे । ग्रागी देखि डोको, हसियाँ, खुर्पेटो हुँदै पन्चेबाजा बोकेका मोडलहरूको प्रस्तुतीले हलमा उपस्थित सयौंको ध्यान खिच्यो । 
उत्साह झनै थपियो । अर्काे फेसन परेडको आयोजना गरियो । विश्वकै फेसन दुनियाँमा भव्य हल मानिने न्युयोर्ककै गाथम हलले उनको सपना थप उचाई दियो । विभिन्न देशका मोडेलहरूलाई स्टेजमा उतारे । बुद्व जन्मिएको, नेपाल र नेपालीहरू, बुद्वका अनुयायी भन्दै नारा बन्यो ‘फेसन फर पिस ।’ सुरुवातमा घिमिरेको ध्याउन्न थियो, नेपालको प्रतिनिधत्व होस । भिज्दै गएपछि उनले बुझे, पैसा बनाउन सकिन्छ । कसरी ? उनले भने, ‘न्युयोर्कको भव्य बजारमा डिजाईनर नै पैसा फलाउने मेसिने हो ।’ 
डिजाइनहरू आमन्त्रित गरिन्छ । एक डिजाईनरले दश देखि तीस डिजाईनहरू देखाउने गर्छ् । दस वटासम्मलाई चार देखि पाच हजार डलर शुल्क लिईन्छ । १५ वटालाई ६ हजार डलर अनि त्यसभन्दा बढीको प्रर्दशनीलाई १० हजार डलर हुन्छ । मिडिया, मोडल, पब्लिसिटी, आयोजकले उपलब्ध गराउँछन । मोडललाई शुल्क तिरिन्छ । आफनो फेसन एप्सले आर्थिक पाटोलाई बलियो बनाउनेमा आशाबादी छन् । अन्तर्राष्ट्रिय प्लेटफर्ममा तीन पटक उनले नेपाली डिजाइनरलाई नि:शुल्क उपलब्ध गराए । 
युबी थापा, शिवागी प्रधान,रसना श्रेष्ठ, पुनम क्षेत्रीलाई मौका दिए । उनीहरू नेपालका सेलिब्रेटी डिजाईजर हुन । घिमिरेले नेपाली मोडललाई पनि पस्केका छन् । दीपक घिमिरे, जागबु शेर्पालाई र्‍यापमा हिडाए । नेपाली पहिरनलाई पस्किए । आगामी सो बाट उत्साहित घिमिरेले कुराकानीको अन्त्यमा भने ‘विश्व फेसनको दुनियामा नेपालको अस्तित्वलाई सेप्टेम्बर २२ को चिनाउने मदत गर्नेछ ।’ प्लाजा होटलको सोपछि लिंकन स्टेजमा उत्रिने उनको महत्त्वाकांक्षा छ । 

 

प्रकाशित : श्रावण २७, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?