कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माई फेवरेट

सजना बराल

सबैका आ–आफ्नै च्वाइस हुन्छन् । सबैको च्वाइस मिल्नैपर्छ भन्ने छैन । केही सेलिब्रिटीका च्वाइसहरु :

माई फेवरेट

वर्षा राउत अभिनेत्री
म्युजिक : फिक्स्ड जानरा छैन । तर, लभ सङ्ग्स मनपर्छ । पुराना गीत खोजी–खोजी सुन्ने बानी छैन । अहिले चलिरहेकै गीतहरू पनि इन्जोए गर्छु । आरिजित सिंह मेरा फेवरेट गायक हुन् । उनका लगभग सबै गीत सुनेकी छु । पछिल्लो फिल्म ‘ग्याङस्टर ब्लुज’ को ‘अजम्बरी...’ निकै मनपर्छ ।

बुक : ब्लग हेर्छु, म्यागजिन पढ्छु । उपन्यास, कथा, कविताहरू पढ्दिनँ । अहिलेसम्म एउटा पनि साहित्यिक किताब पढेकी छैन । म्यानेजमेन्टकी विद्यार्थी हुँ, कोर्स बुक मात्रै पढें । कोर्सबाहिरका किताब पढ्ने बानी कहिल्यै बसेन ।

फिल्म : कमेडी फिल्म मनपर्छ । आमिर खानका मुभीहरूको फ्यान हुँ । दिनको कम्तीमा एउटा फिल्म हेर्छु । कुनै–कुनै फिल्म त दुई–तीनपल्ट पनि हेर्छु । ‘द नेक्स्ट थ्री डेज’ त कति पटक हेरिसकें भन्ने मलाई नै थाहा छैन ।

नवराज पराजुली कवि
म्युजिक : क्लासिकल फ्लेभर, अलि स्लो बिटका गीत राम्रो लाग्छ । बच्चु कैलाश, नारायण गोपालहरूलाई बढी सुन्छु । ‘तिमी जुन रहरले...’ गीत जति सुने पनि अघाउदिनँ । बलिउडमा ‘आज जानेकी जिद ना करो...’ मेरो फेवरेट हो । अमेरिकन र्‍यापर एमिनेमका ‘र्‍याप गड...’, ‘आम नट अफ्रेड...’ र ‘आई निड अ डक्टर...’ चाहिँ सदाबहार लाग्छन् ।

बुक : अमर न्यौपानेको ‘पानीको घाम’, सरुभक्तको ‘पागलबस्ती’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’ र कृष्ण धरावसीको ‘राधा’ मलाई मनपर्ने किताब हुन् । यिनको भाषाशैली, प्रस्तुति सबै चित्त बुझ्छ । कविहरूमा मलाई विनोद विक्रम केसी, नीरज भट्टराई र मनु मञ्जिलका कृति फेवरेट लाग्छन् । कविता संग्रह किन्न धेरै सोच्दिनँ, जे भेट्यो त्यही टिपिहाल्छु ।
फिल्म : फिल्म क्रेजी हुँ । लियोनार्दो डिक्याप्रियो बेस्ट एक्टर भइहाले । उनी अभिनीत ‘द रेभनान्ट’ र ‘ब्लड डायमण्ड’ औधी मनपर्छ । फिल्मको कथाभन्दा पनि स्टाइल वा डिजाइनले मन तान्छ । फिल्ममा कविता हुनुपर्छ भन्ठान्छु ।

आयुष्मान देसराज जोशी अभिनेता
म्युजिक : इन्डी फोक र सुफी सङहरू बढी मनपर्छ । आइरिस सिंगर डेमियन राइसको फ्यान हुँ । आतिफ अस्लमलाई पनि फलो गर्छु । मलाई गीतको शब्दले बढी छुन्छ । कहिलेकाहीँ रिदमले पनि तानिरहेको हुन्छ । नेपालमा अल्बाट्रस र द एज ब्यान्ड मेरा 
फेवरेट हुन् ।

बुक : अंग्रेजी पुस्तक धेरै पढ्छु । क्यानडेली लेखक रोविन शर्माको ‘द मंक हु सोल्ड हिज फेरारी’ का शृंखलाहरू मेरो गाइड बुक जस्तो बनेका छन् । यीबाट धेरै कुरा सिकेको छु । सिड्नी सेल्डनको ‘आर यु अफ्रेड अफ द डार्क ?’ मेरो सदाबहार फेवरेट हो । आख्यानमा बढी लगाव छ ।

फिल्म : आफैं फिल्म क्षेत्रमा भएकाले देश–विदेशमा कस्ता फिल्म बनेका छन् भन्ने थाहा पाउनु आवश्यक हुन्छ । काम सिक्नका लागि पनि फिल्म हेर्नैपर्‍यो । हास्य अभिनेता जिम क्यारेको फिल्म ‘इटर्नल सनसाइन अफ द स्पोटलेस माइन्ड’ साह्रै मनपर्छ । यसमा क्यारेले गम्भीर पात्रको भूमिका निर्वाह गरेको देख्दा एकदम इम्प्रेस्ड हुन्छु । ‘बिफोर सनराइज’, ‘बिफोर सनसेट’ र ‘बिफोर मिडनाइट’ पनि मेरा बेस्ट फिल्म हुन् ।
 


मेलिना राई गायिका
म्युजिक : रोमान्टिक लभ सङहरू मनपर्छ । नेपाली र हिन्दी गीत बढी सुन्छु । अंग्रेजी प्राय: सुन्दिनँ । साधना सरगम र श्रेया घोसाल फेवरेट सिंगर हुन् । उहाँहरूको आवाज साह्रै सुमधुर छ । हाम्रोमा चाहिँ अञ्जु पन्त र रजिना रिमालको फ्यान हुँ । अञ्जु दिदीलाई लिजेन्ड नै मान्छु । रजिना दिदीको भोकल टोन मीठो लाग्छ । मलाई गीतको शब्द र कम्पोजिसनले लठ्ठ बनाउँछ ।

बुक : मेरी बहिनी किताबको किरा हुन् । उसैले ल्याएका उपन्यासहरू कहिलेकाहीँ पल्टाउँछु । आफैं किनेर पढ्ने बानी छैन । गैरआख्यान त पढ्दै पढ्दिनँ ।

फिल्म : रोमान्टिक मुभी त्यति मन पर्दैन । हरर, थ्रिलर, सस्पेन्स मुभीहरू रमाइलो लाग्छ । एनिमेटेड फिल्म पनि हेर्छु । ‘ह्याप्पी फिट’ र ‘ट्यांगल्ड’ साह्रै मनपर्ने फिल्म हुन् । म्युजिकल कमेडी भएकाले अझ राम्रो लाग्छ । स्टोरी मन छुने भएकाले बलिउडको ‘मन’ दामी लाग्छ । सबैभन्दा धेरै १०–१२ पल्ट ‘दपर्ण छायाँ’ हेरेकी छु ।’

कालीप्रसाद बाँसकोटा संगीतकर्मी
म्युजिक : मलाई अकस्टिक नम्बरहरू मन पर्छन् । संगीतमा ओरिजिनालिटी खोज्छु । गोपाल योञ्जनका गीतमा गजबको मौलिकता पाइन्छ । उहाँजस्तो भर्सटायल म्युजिसियन मैले देखेको छैन । एआर रहमान मेरा अर्का फेवरेट हुन् । ब्रिटिस रक ब्यान्ड कोल्डप्ले पनि दामी लाग्छ । यिनीहरू गीतलाई दार्शनिक पाराले अप्रोच गर्छन् ।

बुक : किताब साह्रै कम पढ्छु । खासमा पढ्नै भ्याउँदिनँ । पछिल्लो पटक बुद्धिसागरको ‘फिरफिरे’ पढेको थिएँ । मज्जा आयो । अंग्रेजी वा हिन्दी भाषाका पुस्तक नपल्टाएको जुग भइसक्यो ।

फिल्म : फिल्मको नाम लिएर साध्य छैन । धेरै फिल्म हेर्छु । सोसल ड्रामा र लभ स्टोरी बढी मनपर्छ । यो दुनियाँबाट एकछिन गायब हुन फ्यान्टासी फिल्म हेर्छु । ‘लभ एक्चुल्ली’, ‘इन पर्सुट अफ ह्याप्पीनिस’ खुबै मनपर्‍यो । 

[email protected]

प्रकाशित : भाद्र ३०, २०७४ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?