कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोमान्टिक फिल्म

काठमाडौं — १ । टाइटनिक
सन् १९९७
फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो यो । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ ।

रोमान्टिक फिल्म

१ । टाइटनिक

सन् १९९७
फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो यो । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ । टाइटनिक पानीजहाजको सत्य दुर्घटनाको फिक्सनल लभ स्टोरी भएकाले पनि यो फिल्म निकै चर्चित भयो । सन् १९९७ मा यसले ११ विधामा ओस्कार अवार्ड जितेको थियो । रोमान्टिक फिल्म हेर्न चाहनेका लागि ‘क्याप्सुल’ समान छ टाइटनिक ।

२। अ वाल्क टु रिमेम्बर
सन् २००२
यो युवा पुस्तामा एकदमै लोकप्रिय फिल्ममध्ये एक हो । मोडर्न सोसाइटीमा बिग्रिएको केटा प्रेममा परेपछि आउने परिवर्तनको कथा भन्छ यसले । शेन वेस्ट र म्यान्डी मुरेको चरित्र झट्टै आत्मसात् गर्न सकिन्छ । एडम स्याकमन निर्देशित यस फिल्मले जीवनमा प्रेमको महत्त्व दर्शाउँदै प्रेमप्रति सकारात्मक भाव पैदा गर्छ ।

३ । द नोटबुक
सन् २००४
अर्को कालजयी लभस्टोरी हो यो । अल्जाइमर भएकी बूढी श्रीमतीलाई बूढाले उनीहरूकै प्रेमकथा नोटबुकबाट पढेर सुनाउँछन् । केटा गरिब र केटी धनी भएकाले मायालाई टिकाउन उनीहरूले कठोर त्याग गरेका हुन्छन् । निक क्यासभेटले निर्देशन गरेको यो फिल्मले मायामा प्रतिबद्धता डिमान्ड गर्छ । ‘फास्टफुड लभ’ को जमानामा आइपुगेको आजको पुस्ताले हेर्नैपर्ने फिल्म हो यो ।

४ । फाइभ हन्ड्रेड डेज अफ समर
सन् २००९
एउटी केटी छे, जसलाई प्रेममा फिटिक्कै विश्वास छैन । त्यही केटीको प्रेममा परेको केटाको कथा हो यो । जोडी आफंैले रोज्ने हो कि भावीले लेखेको हुन्छ ? निर्देशक मार्क वेबले फिल्ममा यही प्रश्नलाई डिल गरेका छन् । यसको कथा निकै रमाइलो शैलीमा भनिएकाले पनि जो कोहीको मन जित्छ । अझ प्रेमप्रति वितृष्णा जाग्नेले त हेर्नैपर्ने फिल्म हो यो ।

५ । बिस्ट्ली
सन् २०११
मिथमाथि आधारित यस फिल्ममा एउटा केटालाई ‘तैंले एक वर्षभित्र माया गर्ने मान्छे भेटाइनस् भने बर्बाद हुन्छ’ भन्ने सराप दिन्छ । अनि कलेज पढ्ने केटा त्यही मायाको खोजीमा लाग्छ । निर्देशक डानियल बान्जले एउटा मान्छेको जीवन पूर्णताका लागि प्रेम कतिको महत्त्वपूर्ण हुन्छ भन्ने देखाउने प्रयास गरेका छन् । प्रेम गर्ने जो कोहीका लागि प्रिय हुन सक्छ यो फिल्म ।

६ । रिमेम्बर मी
सन् २०१०
प्रेमले आत्मविश्वासी र बलियो त बनाउँछ नै । तर सम्हाल्न जानिएन भने त्यही सशक्त पक्ष कमजोरी हुन पनि समय लाग्दैन । यही यथार्थलाई पर्दामा बुनेका छन् निर्देशक एलेन कुल्टरले । मुख्य पात्रद्वय रोबर्ट प्याटिसन र इमिल डे रेभिन पारिवारिक वियोगबाट गुज्रिएका हुन्छन् । प्रेमलाई दिगो र बलियो बनाउन खोज्नेका लागि रिमेम्बर मीले मन जित्न सक्छ ।

७ । ब्लु भ्यालेन्टाइन
सन् २०१०
योचाहिँ विवाहित जोडीको प्रेमकथा हो । त्यो पनि श्रमिक वर्गको । केटा पेन्टर हुन्छ, केटी नर्स । तर प्रेमको शक्तिले केटाभित्रको क्षमता पहिल्याउन सफल हुन्छिन् युवती । जीवन सुखमय बन्छ । विवाहित जोडीले आफ्नो प्रेमलाई बचाउन गर्नुपर्ने त्यागको वरिपरि घुमेको यस फिल्मलाई डेरेक सियानफ्रेन्सले निर्देशन गरेका हुन् । यो हेर्दा मन आनन्दित हुन्छ ।

८ । माई स्यास्सी गर्ल
सन् २००८
संयोगले भेटेको जोडीको प्रेमले स्थायित्व पाउला त ? त्यसमाथि केटा लद्दु टाइपको हुन्छ, केटी स्मार्ट । निर्देशक यान सामुयलले बाहिरबाट हेर्दा यस्तै नसुहाउने केटाकेटीले पनि एकअर्कालाई बुझ्ने समय दिएमा प्रेम जागृत हुन्छ भन्ने देखाउन खोजेका छन् । साथै हिजो भाग्यमा जे लेखेको थियो, त्यो पूरा भइहाल्छ भन्ने सन्देश दिइएको छ । यही फिल्मबाट ‘इन्स्पायर्ड’ भएर आलोक नेम्वाङले सानो संसार बनाएका थिए ।

९ । हाउ टु लुज अ गाय इन टेन डेज
सन् २००३
यो कमिक लभ स्टोरी हो । जहाँ दस दिनमा कसैलाई पाउने र घुमाउने कथा भनिएको छ । बाजी राखेको भरमा केटी पट्याउन खोज्छ मूल पात्रले । आजको पुस्ताको प्रेममा भावनाभन्दा लहडको भूमिका अहम् हुन्छ भन्ने देखाउन खोजिएको छ । आधुनिक प्रेममाथिको निर्देशक डोनाल्ड पेट्रीको थोरबहुत व्यंग्यका रूपमा पनि अथ्र्याउन सकिन्छ यो फिल्म ।

१० । लिप एयर
सन् २०१०
आइरिस परम्पराअनुसार ‘लिप डे’ मा कुनै केटीले प्रस्ताव राख्यो भने केटाले हमेसा स्वीकार गर्छ/गर्नुपर्छ । सोही कारण फिल्मकी मुख्य पात्र अन्ना ब्राडी आफ्नो
प्रेमी जेरेमीलाई पर्पोज गर्न बोस्टनबाट डब्लिन यात्रा गर्छिन् । तर यात्राका क्रममा विभिन्न अवरोध आउँछ । तैपनि हार मान्ने त कुरै भएन । निर्देशक आनन्द टुकरले मायालाई उत्सवका रूपमा मनाउन एउटा केटीले लिएको चुनौतीलाई निकै रमाइलो शैलीमा पर्दामा बुनेका छन् ।
स्रोत : आईएमडीबी

प्रकाशित : आश्विन ६, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?