कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकबाटै इन्स्टाग्राम

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौं — फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले यसै साता आफ्नो मासिक प्रयोगकर्ता ८ सय मिलियन नाघेको तथ्यांक सार्वजनिक गरेको छ । र, यसै साता फेसबुकले आफ्नो मोबाइल एपमा इन्स्टाग्राम जोड्ने नयाँ फिचर सुरु गर्ने घोषणा गरेको छ ।

फेसबुकबाटै इन्स्टाग्राम


प्रयोगकर्ताले अब फेसबुक एपबाट सोझै इन्स्टाग्राम प्रयोग गर्न पाउने भएका छन् । फेसबुकले आफूले यो फिचर सुरु गर्ने सार्वजनिक गर्दै प्रयोगकर्तालाई यसले सजिलो बनाउने दाबी गरेको छ ।
फेसबुकको मोबाइल एपको मेन न्याभिगेसन मेनुमा अब प्रयोगकर्ताले इन्स्टाग्रामको लिंक पाउनेछन् जहाँ क्लिक गर्दा इन्स्टाग्राम एप खोलेझैं प्रयोगकर्ता इन्स्टाग्राममा पुग्नेछन् ।

 

प्रकाशित : आश्विन २०, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?