कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुगलको पिक्सेल बड्स

हेलो टेक
कान्तिपुर संवाददाता

गुगलले दुई साताअघि पिक्सेल बड्स नाम दिएर वायरलेस हेडफोन सार्वजनिक गरेको छ जसले अंग्रेजीबाट ४० भाषामा रियल टाइम अनुवाद गर्न सक्छ । यसलाई एन्ड्रोइड वा नेक्सस डिभाइसमा कनेक्ट गरी गुगल ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिन्छ ।

गुगलको पिक्सेल बड्स

सुरुवाती चरणमा भने ५ भाषा मात्रै सपोर्ट गर्ने गुगलले जनाएको छ । गुगल ट्रान्सलेटमा १०३ भाषाबीच अनुवाद गर्ने सुविधा रहेकाले चाँडै अन्य भाषा पनि यसमा अटाउन सक्छन् ।
पिक्सेल बड्सको प्रि–अर्डर खुला रहे पनि यो नोभेम्बरदेखि मात्रै बजारमा उपलब्ध हुनेछ, त्यो पनि सीमित देशहरूमा । गुगल इभेन्टमा पिक्सेल टु र पिक्सेल टु एक्सएल स्मार्टफोनसहित अन्य डिभाइस पनि सार्वजनिक गरेको थियो । तर, पिक्सेल बड्सको आगमन भने विशेष रह्यो । 
पिक्सेल बड्सले ट्रान्सलेसनको बीचमै गुगल असिस्टेन्टको प्रयोग गर्नसमेत दिनेछ भने प्रयोगकर्ताले गुगल असिस्टेन्टको सबै सुविधा पिक्सेल बड्समार्फत प्रयोग गर्न पनि सक्छन् ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?