कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसो मौसम तातो बारबिक्यु

सुरज कुँवर

काठमाडौंमा जाडो बढिसक्यो । खुला चौर अनि डाँडाहरूमा पिकनिकको सिजन पनि सुरु भइसक्यो । जाडोमा हुने जमघटमा अचेल खाना पकाएर खाने प्रचलनसँगै बारबिक्यु पनि अनिवार्य जस्तै बनेको छ । बेग्लै बारबिक्यु पार्टी पनि हुने गर्छ ।

चिसो मौसम तातो बारबिक्यु

अचेल व्यस्त दैनिकी भएकाहरू चुलोमा डेक्ची वा भाँडामा पकाएको खानेकुराका साथै तताउने, सेकाउने वा पोल्ने विधिबाट तयार पारिने खानेकुरालाई पनि समेट्न छुटाउँदैनन् । मतलव पकाउँदै खाँदै 
रमाइलो गर्ने ।
जाडो याममा तताउने भनेपछि आगोमा पोल्ने–सेकाउने परिकार सम्झने गर्छौं । खुला आकाशमा फलामे ग्रिलमा बलेको तातो कोइलामाथि बिस्तारै सेकाउँदै तयार पारिने पोर्क, बफ, चिकेनका परिकारलगायत ननभेज आइटम नै याद आउँछ । भेज पारखीहरूका लागि पनि मसरुम, पनिर, आलु, तोफु थुप्रै च्वाइस आइसकेको छ । बारबिक्युमा पोलेको लसुनबारे सुन्नुभएको छ ।
बारबिक्युमा मन्द ग्यास होइन, धेरैले काठ नै बाल्छन् । किनकि यसले पकाउनेसँगै माहोल र जमघटलाई तताउने गर्छ । सहरतिर कालो फलामे ग्रिल चुलोमा कोइला र चारकोल पनि कतै–कतै राखिन्छ । लाजिम्पाटको र्‍याडिसन होटलमा माल्ट एन्ड ग्रिल पार्टी चलिरहेको छ । यहाँ भारतीय सेफ उत्पल मोन्डलले ग्रिल आइटमलाई फोकस गरेर मेनु नै ल्याएका छन् । र्‍याडिसनको टेरेस गार्डनमा अब यो मेनु करिब जोडोसम्मै रहनेछ ।


मध्यसहरको शान्त होटलको बार्दलीमा फ्रेस हावाको बहावसँगै बारबिक्यु तयार पारिन्छ । ‘यही होटलका गेस्ट, काठमाडौंका कर्पोरेट पर्सनालिटी, विदेशी समुदाय, पर्यटकलाई लक्षित गरेर यो मेनु तयार गरिएको हो,’ र्‍याडिसनका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर राजन श्रेष्ठले भने, ‘हिउँदमा बारबिक्यु आइटमको माग अलि उच्च हुन्छ ।’
बारबिक्यु भन्नेबित्तिकै धेरैले ननभेज आइटमको कल्पना गर्छन् । प्राय: लसुन, भेन्टालाई बारबिक्युमा समेटिएको देखिँदैन तर नेपाली ग्रिल आइटमा यहाँ भेन्टा र लसुनलगायतका १३ वटा परिकारलाई रैथाने पारामा बनाइएको छ । यी परिकारसँगै चिउरा, मुरै, मूला/गोलभेडा र आलुको पिरो अचारसँग सेकुवा सेट दिइन्छ । भारतीय सेफ मोन्डलले चारकोलको आगोमा बफ छ्योला, चिकेन तास, मटन सेकुवा, माछा तारेको भुटन बनाउँछन् ।
बारबिक्युमा नेपालीबाहेक भारतीय, नर्वे, अस्ट्रेलियाको स्वाद पनि चाख्न पाइन्छ । हिमालय सालमन, रेन्बो ट्राउट, ल्याम्ब पनि छन् । रोजमेरीको जुस, काली मर्चाको सस, नेपाली अदुवा, धनियाँको सुगन्ध बारबिक्युमा छुट्दैनन् । चीन र भारतमा प्रख्यात १ सय वर्ष पुरानो मटन बारा चपको स्वाद पनि गज्जबकै छ । facebook.com1stnepali


तस्बिरहरू : कविन अधिकारी

प्रकाशित : कार्तिक २४, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?