कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टाग्राम स्टोरीमा जुनसुकै फोटो

हेलो टेक

काठमाडौं — इन्स्टाग्रामले स्टोरी फिचर सुरु गर्दा प्रयोगकर्ताले क्षणिक फोटाहरू तत्काल सेयर गरुन् भन्ने उद्देश्य राखेको थियो । तर, फोटो सेयरिङ साइटमा यो फिचर लोकप्रिय बनेपछि इन्स्टाग्रामले यसमा सीमितता हटाएको छ ।

इन्स्टाग्राम स्टोरीमा जुनसुकै फोटो


प्रयोगकर्ताले अब आफ्नो डिभाइसमा भएको जुनसुकै समयमा खिचिएको फोटो पनि स्टोरिजमा अपलोड गर्न पाउने छन् । यसअघि २४ घण्टाभित्र खिचिएको फोटो मात्र स्टोरिजमा अपलोड गर्ने सुविधा थियो । यसका लागि प्रयोगकर्ताले स्टोरिज फिचरमा गएर क्यामेरा रोलभित्रका फोटाहरू छानेर आफूलाई चाहिएको फिल्टर प्रयोग गरी अपलोड गर्न सक्छन् ।

 

प्रकाशित : मंसिर १, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?