कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० वर्षपछि घर फर्किए चिनियाँ सैनिक

बीबीसी

नयाँदिल्ली — झुक्किएर भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिक ५० वर्षपछि स्वदेश फर्किएका छन् । सन् १९६३ मा भारतीय सीमामा प्रवेश गरेका वाङ की स्वेदश फर्किएका हुन् । आवश्यक कागजात उपलब्ध नगराइएका कारण उनी यसअघि स्वेदश फर्कन पाएका थिएनन् । उनका बारेमा बीबीसीको रिपोर्टपछि चिनियाँ कूटनीतिज्ञहरूले चासो देखाएका थिए ।

५० वर्षपछि घर फर्किए चिनियाँ सैनिक

आफ्नो क्याम्पबाट बाहिर निस्केका बेला बाटो बिराएपछि उनी भारतीय सीमामा प्रवेश गरेका थिए । उनले बाटोमा भेटिएको रेडक्रसको गाडीका मानिससँग सहयोगका लागि आग्रह गरेकामा भारतीय सेनालाई बुझाइएको थियो । त्यसपछि उनलाई १९६९ सम्म जेलमा राखिएको थियो । अदालतको आदेशबाट रिहा भएपछि उनलाई प्रहरीले मध्यप्रदेशको तिरोडीमा लगेर छाडेको थियो । त्यही नै उनले भारतीय महिलासँग बिहे गरेका थिए । अहिले उनलाई छोराछोरीसहित चीन जाने अनुमति दिइएको हो । उनले २०१३ मा मात्र चिनियाँ पासपोर्ट पाएका थिए ।

प्रकाशित : फाल्गुन १, २०७३ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?