कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् विश्वकै खुशी देश

काठमाडौं — मार्च २० लाई खुशी दिवसको रुपमा मनाइन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको लागि सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले संसारकै खुशीको देशको सूची सार्वजनिक गरेको छ ।

 यी हुन् विश्वकै खुशी देश

देशको जीडीपी, सामाजिक सुरक्षा, औसत आयू, स्वतन्त्रता, भ्रष्टाचारलगायत सूचकांकलाई आधार बनाएर खुशी देशको सूची सार्वजनिक गरेको हो ।

यो वर्षको सूचीमा नर्वे नम्बर एकमा अटाएको छ । साथै, डेनमार्क, आइसल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड क्रमश: दुईदेखि ५ औं नम्बरमा छन् । 

नम्बर दशभित्र नेदरल्याण्ड, क्यानडा, न्यूजल्याण्ड, अष्ट्रेलिया र स्वीडेन अटाएका छन् । नेपाल सूचीको ९९ औं स्थानमा अटाएको छ ।

पूरा रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रकाशित : चैत्र ७, २०७३ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?