कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुम्ने रहर पुरा गर्न नोट निलेर पेटमा बचत गर्ने महिला

दिनेश यादव

काठमाडौं — सुन्दा अचम्म लाग्न सक्छ, अप्यारिलो पनि । तर, यो सत्य घटना हो । कोलम्बियामा डलर (नोट) खाने एक महिला फेला परेकी छन् । ती महिलाको पेटको शल्यक्रिया गरेर नौ हजार अमेरिकी डलर (९ लाख २६ हजार ५१ रुपैयाँ) नोट निकालिएको छ । श्रीमानबाट रकम जोगाउन ३० वर्षीया सान्द्रा मिलेना अलमेइडाले त्यसो गरेको बीबीसीले जनाएको छ ।

घुम्ने रहर पुरा गर्न नोट निलेर पेटमा बचत गर्ने महिला

‘आफ्नो सुनौलो भविष्यको चिन्ता र घुम्ने रहर पुरा गर्न रकम बचतको यो उपाय अपनाएकी हुँ ’ उनले भनिन्, ‘श्रीमानसंग रकमबारे खटपट हुने गर्थ्यो, घरमा लुकाउने ठाउँ नभएर निलेकी हुँ ।’

सान्द्राको पेटमा डलर भएको खुलासा त्यति बेला भयो, जब पेट दुखेर उनी अस्पताल भर्ना भइन् । चिकित्सकले उनीमाथि परीक्षण शुरु गर्नुअघिसम्म उनले यसबारे बताएकी थिइनन् । तर, उनी भयभित भने देखिएको चिकित्सकहरुले बताएका छन् । ‘पेटमा केही अनौठो बस्तु भएको चिकित्सकीय परीक्षणका क्रममा फेला परेपछि तत्काल शल्यक्रियाका लागि डक्टरले सुझाब दिएको थियो । शल्यक्रिया गर्दा सबैलाई आश्चर्यचकित बनाउने खुलासा भयो । उनको पेटमा नोटका बण्डल भेटियो । एक जिज्ञासामा सान्द्राले भनिन्, ‘घरको विद्युतीय सामग्री बेचेर रकम जुटाएकी हुँ । म छुट्टी मनाउन पानामा जान चाहन्थे ।’

बुकारामाङ्गास्थित युनिभर्सिटी हस्पिटल अफ सन्तनदेरका शल्यचिकित्सा निर्देशक ज्वान पाब्लो सेर्रानोले भने, ‘शल्यक्रियाका क्रममा महिलाको पेटमा १०० डलरका ५७ नोट एकै ठाउँमा भेटियो, अन्य नोट आन्द्रबाट निकालियो । उनले नोटलाई पचाउन नसकिने भएकाले पेटमा थुप्रिएर रहेको अवस्थामा पाइएको बताए । पाब्लोले भने, ‘महिला अत्यन्तै तनावमा थिइन्, नोट निलेका कारण पेटको सामान्य गतिविधि प्रभावित भएको थियो, त्यसले उनको पेटक अचाक्ली दुखेको हुनुपर्छ ।’ उनका अनुसार महिलाको स्वास्थ्य खतरा मुक्त छिन् ।

नोट निकालेपछि त्यसलाई पानीले पखालिए पनि पेटमा पाइने तरल पदार्थका कारण नोट खराब भइसकेको छ । पेटबाट सफलतापूर्वक नोट निकालिएपछि सान्द्राले भनिन, ‘अब चाहीँ म साँच्ची कै लग्जरी होलिडेका लागि रकम बचन गर्नेछु ।’
–एजेन्सीहरुको सहयोगमा

प्रकाशित : वैशाख २४, २०७४ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?