कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलजीको टीभीले लामखुट्टे भगाउने !

काठमाडौं — नेपाली बजारमा लामखुट्टेबाट जोगिने टेलिभिजनहरु भित्रिएका छन् । एलजी कम्पनीले लामखुट्टेरहीत यन्त्र जडान गरेको टीभी बजारमा ल्याएको हो । कम्पनीका अनुसार लामखुट्टेरहीत टेलिभिजनहरुमा ध्वनीसम्बन्धी उपकरणहरु जडित छन् जसले चालु हुनासाथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउँछ र लामखुट्टेलाई धपाइन्छ ।

एलजीको टीभीले लामखुट्टे भगाउने !

नेपाली बजारमा लामखुट्टेबाट जोगिने टेलिभिजनहरु भित्रिएका छन् ।

एलजी कम्पनीले लामखुट्टेरहीत यन्त्र जडान गरेको टीभी बजारमा ल्याएको हो । कम्पनीका अनुसार लामखुट्टेरहीत टेलिभिजनहरुमा ध्वनीसम्बन्धी उपकरणहरु जडित छन् जसले चालु हुनासाथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउँछ र लामखुट्टेलाई धपाइन्छ । यस्तै यो उपकरणले लामखुट्टेरहीत साधनहरुको हानिकारक रसायनबाट पनि जोगाउने कम्पनीले दाबी गरेको छ ।

ध्वनी तरंगहरुले कुनै पनि विकरण उत्पादन नगर्ने भएकाले यो हानिकारक नभएको उक्त कम्पनीले बताएको छ । ध्वनि नसुनिने, नदेखिने र गन्धहीन हुनुका साथै मानवीय गुणसँग मेल खाने र पूर्णरुपले सुरक्षित रहेको जनाइएको छ ।

प्रकाशित : भाद्र ११, २०७४ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?