कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार महिने बालिकाद्वारा पुस्तक विमोचन !

पाँचथर — युवा गजलकार मधुराज केरुङद्वारा लिखित साम्याङफुङ गजलसंग्रह चार महिने बालिकाद्वारा विमोचन गरिएको छ । पाँचथरको फिदिममा आयोजित विमोचन कार्यक्रममा मधु केरुङकै चार महिने छोरी फुङसा केरुङद्वारा विमोचन गरिएको हो ।

चार महिने बालिकाद्वारा पुस्तक विमोचन !

युवा गजलकार मधुराज केरुङद्वारा लिखित साम्याङफुङ गजलसंग्रह चार महिने बालिकाद्वारा विमोचन गरिएको छ ।

पाँचथरको फिदिममा आयोजित विमोचन कार्यक्रममा मधु केरुङकै चार महिने छोरी फुङसा केरुङद्वारा विमोचन गरिएको हो । लिम्बू भाषा र श्रीजङ्घा लिपिमा लेखिएको गजल सार्वजानिक गर्न फिदिममा आयोजित विमोचन कार्यक्रममा बालिका फुङसा केरुङलगायत प्रमूख अतिथि याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगू, भाषा आयोगका सदस्य हरिचन्द्र लावती, वरिष्ठ पत्रकार प्रेम ओझा, दिलेन्द्र कुरुङबाङ, मीना राई, नरेन्द्र केरुङले सामूहिक रुपमा विमोचन गरेका छन् ।

सम्याङफुङ अर्थात् शीरफूललाई खस नेपाली भाषा र देवनागरिक लिपिमा समेत उल्था गरी प्रकाशित छ । गजलमा लिम्बू संस्कार, संस्कृति, माया प्रेमलगायत विभिन्न प्रसङ्गहरु समेटिएका छन् ।

प्रकाशित : भाद्र १४, २०७४ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?