कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खितिती....खितिती....

भोजको टेबुलको सुरुमा स्याउ थियो । त्यसमा लेखिएको थियो ‘चाहिनेभन्दा बढी नलेऊ, अरूले नदेखे पनि ईश्वरले हेरिरहेका छन् ।’

टेबुलको अन्त्यमा लड्डु थियो । हरिले लड्डुको भाँडै उठायो ।)
श्याम    :  हरि, तैँले चाहिनेभन्दा बढी लड्डु लिइस्, ईश्वरले हेरिराखेका छन् ।
हरि    :    ईश्वरले स्याउ पो हेर्दै छन् त । लड्डु हो र ?


छोरा    :    ममी, ममी एउटा टेस्टमा मेरो ए प्लस आएछ नि ? 
ममी    :    कुन टेस्टमा ? 
छोरा    :    ब्लड टेस्टमा । 


रोहन    :    हेर, साथी म त आफ्नो घरको भान्सामा जहिल्यै दूधका रित्ता कार्टुनहरू राख्ने गर्छु ।
सोहन    :    किन नि दूधका खाली कार्टुन ?
रोहन    :    ल, कहिलेकाहीँ ब्ल्याक टी खान मन लाग्यो भने दूध नहाली बनाउनुपर्‍यो नि ।

प्रकाशित : फाल्गुन १, २०७३ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?